ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोजपुरमा सेना सवार बस दुर्घटना, २४ जना घाइते


एबीसी न्यूज
६ फाल्गुन २०८२, बुधबार   ५ : १८   बजे

काठमाडौं, ६ फागुन । भोजपुरमा सेना सवार बस दुर्घटनामा परेको छ। बस दुर्घटनामा २४ जना घाइते भएका छन्।घाइतेमध्ये ८ जनाको अवस्था गम्भिर रहेको छ। गम्भिर घाइते ८ जनालाई सेनाको हेलिकप्टरबाट उद्धार गरि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी इन्स्पेक्टर महेन्द्र पराजुलीले जानकारी दिए।

उनकाअनुसार १६ जनाको अवस्था समान्य रहेको छ। उनीहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। बसका दुई जना चालक र सहचालक गरी बसमा २६ जना सवार रहेका थिए।नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतकाअनुसार दुर्घटनामा घाइते भएका दुई जनालाई काठमाडौँ ल्याइसकिएको छ भने अन्य आठ जनालाई भने हेलिकप्टरमार्फत् ल्याउन लागिएको छ।

बुधबार दिउँसो सवा १ बजे भोजपुरबाट टेम्केमैयुङ गाउँपालिकामा जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका -३ स्थित सेतीबगरमा दुर्घटनामा परेको थियो।दुर्घटनाबाट बस करिब २०० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन। सेना फागुन २१ गते हुने निर्वाचनका लागि टेम्केमैयुङ गाउँपालिकामा बेस क्याम्प स्थापनाका लागि बसमा जाँदै थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मतीको सत्ता राप्रपाको ‘होल्ड’मा : निर्णय नजुट्दा सरकार गठन अन्योल !

ठेकेदार र क्यासिनो सञ्चालकले किन तिर्दैनन् करोडौं बक्यौता ?

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu