ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ७ पुग्यो पैचो पसल


sharan sharan
२४ चैत्र २०७४, शनिबार   २ : ३८   बजे

धनगढी, २४ चैत्र
पहाडी र उच्च पहाडी क्षेत्रका किसानहरुले उब्जनी गरेका कृषि उपजलाई कच्च पदार्थ बनाउंदै खाद्य उत्पादन सूर गरेको पैचोले ७ नम्बर प्रदेशमा आफ्नो उत्पादनको सुरुवात गरेको छ । किसानहरुसंग पैचो लिएर बजारीकरण गर्दै आएकोे पैचोले, पैचो ब्राण्डका २७ प्रकारका खाद्य वस्तु उत्पादन गर्दैआएको छ । पैचोका अनुसारे आठ प्रकारका पैचो अचार, पैचो होल क्यान कर्न, पैचो कोदोको पिठो, पैचो टोमेटो केचअप, पैचो जाम, विभिन्न प्रकारका, परम्परामा सीमित सिन्की मस्यौरा जस्ता उत्पादनहरु पैचा्ेका उत्पादन हुन् ।
प्रदेश नम्बर ७ का लागि औपचारीक बजारीकरण गर्न आयोजित कार्यक्रमका बिच आज प्रदेश सरकारका आर्थिक मामीला तथा योजना मन्त्री झपट बहादुर बहोराले उत्पादन देखाउंदै बजारीकरणको शुभारम्भ गर्नुभयो ।
शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री बोहोराले पैचोले देखाएको समृद्धीको बाटो राम्रो भएको भन्दै प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेर निती बनाउने जानकारी दिनुभयो । मन्त्री वोहराले कृषिमा आत्मनिर्भर निर्भरता बढाउने गरेर आगामी बजेट विनियोजन गर्ने बताउनु भयो।
उहांले असारमा आउने बजेटमा आउँदो वर्षलाई कृषिमा आत्मनिर्भर वर्षका रूपमा लैजाने जानकारी दिनुभयो । उहांले भन्नुभयो “पहाड र पिछडिएको समुदायलाई पैचो पसलमा जोड्नुस्, प्रदेश सरकार आवश्यक सहजीकरण गर्न तयार छ ।”
लामो समयदेखि शहरमा बसोबास गर्दै आए पनि गाँउबस्तीको खाद्य परिकारलाई भुल्न नसकेका उपभोक्तालाई सहज ढंगले कृषिजन्य उत्पादनको बजारीकरण गर्दै आएको पैचोले दाबी गरेको छ । ‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराका साथ ३ वर्ष पहिले गुल्मी जिल्लाको रुरु गाउंपालिका–७ रिडीबाट पैचोले खाद्य उत्पादन सुरु गरेको थियो ।
शुभारम्भ कार्यक्रमका अवसरमा पैचोले प्रकाशित गरेको प्रेस बिज्ञप्तीमा सुदुरपश्चिम अर्थात संघीय नेपालको प्रदेश नम्बर ७ हेर्दा सुन्दर मात्र छैन, यस्को उर्वरा क्षमता र सम्भावनाका हिसावले पनि समृद्ध छ । नेपालकै स्वीजरल्याण्ड भन्न सकिने डडेलधुरा, विश्वकै रमणीय खप्तड, जडिबुटीले समृद्ध बझाङ, बाजुरा र दार्चुला, हरित क्रान्ति ल्याउन सकिने अछाम, डोटी जस्ता जिल्लाहरु रहेको प्रदेश नम्बर ७ को माटोको पहिचान र स्थानीय मेहेनती जनताको मनोबिज्ञानलाई मात्र ब्यवस्थापन गर्न सकियो भने यस प्रदेशको कृषि उत्पादनमा कायापलट हुनसक्ने उल्लेख गरिएको छ । बिज्ञप्तीमा कृषि उत्पादनमा प्रोत्साहन र त्यसको उचित बजारीकरणको व्यवस्थापन गर्न सकेमा प्रदेश आफैमा आत्मनिर्भर र समृद्ध हुने बिश्वास ब्यक्त गर्दै अन्य प्रदेशमा निर्यातको समेत ढोका खुल्न सक्ने भनिएको छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै पैचो पसलका प्रबन्धनिर्देशक ध्रुवराज न्यौपानेले दीर्घकालीन रुपमा धनगढीलाई पहाडी जिल्लाका कृषि उत्पादनको हवका रुपमा विकास गर्दै प्रदेश नम्बर ७ का पहाडी र उच्च पहाडी जिल्लाका किसानसंग जोडिने उद्देश्यका साथ पैचो पसलले यस प्रदेशमा उपस्थिति जनाएको जानकारी दिनुभयो । उहांले पैचो अभियान सुरु भएपछि गुल्मी, पाल्पा र यस आसपासका जिल्लाका युवाहरु बिदेश जाने मनसायलाई त्यागेर कृषि उत्पादनमा लागेको बताउंदै प्रदेश नम्बर ७ का पहाडी जिल्लाका युवाहरु बिदेशीनबाट रोक्न र स्वदेश मै रोजगार प्रदान गर्न पैचो अभियानले सानै भएपनि भुमिका खेल्ने बिश्वास ब्यक्त गर्नुभयो ।
गुल्मीमा मात्र कम्तीमा ६ बढी युवाहरु बिगत २ वर्षमा गल्फ देशको भिसा छाडेर कृषि ब्यवसायमा लागेको कार्यक्रममा बताईएको थियो । पैचोका अनुसार गुल्मीका किसानहरुले प्रतिघरबाट १ वर्षमा १२ देखि १६ लाख सम्मको गोलभेंडा पैचोलाई दिन सक्ने बनेकाछन् ।
किसानको खेत र बारीबाट सिधै उपभोक्ताको भान्छा कोठा र हस्पीटालिटी ब्यवसाय गर्ने होटलका किचनहरु सम्म स्वस्थ, स्वच्छ र स्वादिस्थ परिकार पु¥याउने पैचोको लक्ष रहेको प्रबन्धनिर्देशक न्यौपानेले बताउनुभयो । “बिदेसी रेसिपीमा निर्भर हाम्रा होटलका किचनहरु अव देखि बिदेशीका मुख ताक्नु पर्ने छैन ।” न्यौपानेले भन्नुभयो । होटललाई आवश्यक पर्ने अन्तरराष्ट्रिय गुणस्तरका खाद्य सामग्रीहरु पैचोले उत्पादन गरेको उहांको दाबी छ ।
बिकास तथा बाणिज्य बैंकहरुले कृृषिमा लगानी गर्न अनिच्छा देखाउंदा कृषिमा लगानी गर्न चाहनेहरुको समेत हौसला घट्ने अवस्था सृजना भएको प्रति न्यौपानेले चिन्ता ब्यक्त गर्नुभयो ।
“सरकारले सुस्पष्ट निति सहित अवसर दिए पैचो, देशब्यापीरुपमा कृषिमा जागरण ल्याई सरकारको समृद्धिको लक्षमा सहभागि बन्न तयार छ ।” उहांले बताउनुभयो ।
कार्यक्रममा कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष शंकर बोगटी, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष जगत बहादुर साउद, होटल ब्यवसायीसंघका अध्यक्ष कलम बम लगायतले पैचोको बजारिकरणको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu