ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो


एबीसी न्यूज
१० फाल्गुन २०८२, आइतबार   ७ : ५९   बजे

काठमाडौं, १० फागुन । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस उम्मेदवारहरूमाथि दुर्व्यवहार र आक्रमणका घटना भइरहेको आरोप लगाएका छन्।

प्रतिनिधिसभा निर्वाचनको तयारी र समसामयिक विषयमा धारणा सार्वजनिक गर्न आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले फागुन २१ गते हुने निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारलाई अपमान र दुर्व्यवहार गर्ने काम बढेको भन्दै तत्काल त्यस्ता गतिविधि रोक्न माग गरे।

‘फागुन २१ गतेको निर्वाचन नजिकिँदै गर्दा कांग्रेस उम्मेदवारलाई दुर्व्यवहार र अपमान गर्ने काम भइरहेको छ। यो तत्काल बन्द गर्नुपर्छ,’ चालिसेले भने।

सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिँदै उनले कांग्रेसले हालसम्म निर्वाचन प्रक्रियामाथि शंका नगरेको स्पष्ट पारे। ‘सरकारले निष्पक्ष निर्वाचनको वातावरण बनाउनुपर्छ। कांग्रेसले अहिलेसम्म शंका गरिसकेको छैन,’ उनले भने।

चालिसेले कांग्रेसले भयको राजनीति नगर्ने बताए। ‘कांग्रेसले भयको राजनीति गर्दैन। हामी दृढ भएर चुनावी प्रचारमा लाग्न उम्मेदवार र नेता कार्यकर्तालाई आग्रह गर्छौँ,’ उनले भने।

निर्वाचनको माहोलमा धार्मिक सद्भाव बिगार्ने गतिविधि नगर्न उनले सबै पक्षलाई सचेत गराए। ‘निर्वाचन आइसकेको अवस्थामा जनता जनताबीचको धार्मिक सद्भाव बिगार्नु हुँदैन,’ उनले भने।

व्यक्तिगत गालीगलौज र पार्टीका झण्डा जलाउने कार्य निन्दनीय भएको उल्लेख गर्दै उनले दाङको तुलसीपुरमा एमालेको झण्डा जलाइएको घटनाको पनि कांग्रेसले निन्दा गरेको जानकारी दिए।

‘व्यक्तिगत गालीगलौज र पार्टीका झण्डा जलाउने कार्य निन्दनीय छन्। एमालेको झण्डा दाङको तुलसीपुरमा जलाइएको घटनाको पनि कांग्रेसले निन्दा गरेको छ,’ उनले भने।

पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसप्रति जनआकर्षण बढ्दै गएको दाबी गरे। ‘नेपाली कांग्रेसप्रति आकर्षण चुलिएको छ। नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू नै कांग्रेसमा भित्रिएका छन्,’ उनले भने।

साथै उनले अन्य पार्टीमा आवद्ध भएका तथा पार्टी छाडेका नेताकार्यकर्तालाई कांग्रेसमा फर्किन आह्वान गरे। ‘अब यो अवस्थामा घर छाडेका साथीहरू कांग्रेसमा फर्किनुस्। अन्य पार्टीमा जोडिएकाहरू पनि आउनुस्, हामी स्वागत गर्छौँ,’ चालिसेले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीको घरमा प्रहरी छापा, केही नभेटिएपछि रित्तै फर्कियो : निजी क्षेत्रले उठायो राज्यको शैलीमाथि प्रश्न

न्यायपरिषद् सचिव र रजिष्ट्रार पदका लागि चारजनाबीच प्रतिस्पर्धा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu