ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप


एबीसी न्यूज
१० फाल्गुन २०८२, आइतबार   ८ : ३०   बजे

काठमाडौं, १० फागुन । प्रतिनिधिसभा निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा निर्वाचन आचारसंहिता उल्लंघनका विषयले नयाँ बहस जन्माएको छ। विशेषगरी निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग गर्दै प्रचार गरिएको विषयमा गुनासो बढेपछि निर्वाचन आयोग ले कडाइका साथ रोक लगाएको छ।

पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले पार्टीको चुनाव चिह्न ‘घण्टी’ को वास्तविक धातुजन्य स्वरूप नै प्रयोग गरी देशका विभिन्न स्थानमा बजाउँदै प्रचार गरेको भन्दै व्यापक आलोचना भएको थियो। सामाजिक सञ्जालदेखि प्रतिपक्षी दलसम्मबाट ‘आचारसंहिता उल्लंघन’ भएको दाबी उठेपछि आयोगले स्पष्ट निर्देशन जारी गरेको हो।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी सूचनामा राजनीतिक दल वा उम्मेदवारले आम जनमानसको सुरक्षामा असर पर्ने गरी धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक निर्वाचन चिह्न प्रयोग गर्न नपाउने उल्लेख गरिएको छ। सूचनामा आचारसंहिता विपरीत कार्य गरेमा तत्काल कारबाही हुने चेतावनीसमेत दिइएको छ।

राप्रपाको आपत्ति : ‘आयोग किन मौन?’

घण्टी बजाउँदै प्रचार गरिएको विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले औपचारिक विज्ञप्ति नै जारी गर्दै आपत्ति जनाएको थियो। राप्रपाले “रवि लामिछानेका कार्यकर्ताले घण्टी बजाउँदै हिँड्दा आयोग किन मौन?” भन्दै प्रश्न उठाएको थियो।

राप्रपाको तर्क थियो— यदि एउटा दललाई घण्टी बजाएर प्रचार गर्न छुट छ भने भोलि अन्य दलले आफ्नो चिह्नअनुसार खुकुरी वा अन्य प्रतीकात्मक सामग्री प्रदर्शन गर्दा आयोगले कसरी रोक्छ? पार्टीले व्यंग्य गर्दै भनेको थियो, “घण्टी बजाउँदा नदेख्नेले खुकुरी नचाउँदा देख्छ कि देख्दैन?”

‘डोजर शैली’ सँग तुलना

कतिपय विश्लेषकहरूले रास्वपाको आक्रामक प्रचारशैलीलाई काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) को ‘डोजर’ शैलीसँग तुलना गरेका छन्। बालेनले महानगर क्षेत्रमा अवैध संरचना हटाउन डोजर प्रयोग गरेको शैलीजस्तै रास्वपाले पनि चुनावी मैदानमा ‘घण्टी’ लाई आक्रामक रूपमा प्रस्तुत गरेको टिप्पणी सार्वजनिक भएको छ।

यद्यपि रास्वपाले भने आफ्नो प्रचार शान्तिपूर्ण र प्रतीकात्मक भएको दाबी गर्दै आएको छ। पार्टीका नेताहरूले घण्टी बजाउनु पार्टीको चिह्नसँग सम्बन्धित सांकेतिक अभिव्यक्ति भएको र त्यसले कसैको सुरक्षामा असर नपार्ने तर्क गरेका छन्।

अब के हुन्छ?

आयोगको पछिल्लो निर्णयसँगै अब कुनै पनि दलले आफ्नो चुनाव चिह्नको सक्कली वा हतियारजस्तै देखिने भौतिक स्वरूप प्रयोग गर्न नपाउने स्पष्ट भएको छ। रास्वपाले घण्टी बजाएर प्रचार गर्न नपाउनेछ भने अन्य दलले पनि खुकुरी, हँसिया–हथौडा, डोजर वा अन्य प्रतीकात्मक वस्तु बोकेर प्रदर्शन गर्न नपाउनेछन्।

आयोगले दलहरूलाई झण्डा, पोस्टर, पर्चा, डिजिटल माध्यम तथा सभासमारोहजस्ता स्वीकृत माध्यमबाट मात्रै प्रचार गर्न निर्देशन दिएको छ।

चुनावी सरगर्मी चुलिँदै जाँदा आयोगको यो कदमले प्रचार शैलीमा संयम ल्याउने अपेक्षा गरिएको छ। तर दलहरूबीच बढ्दो प्रतिस्पर्धा र आरोप–प्रत्यारोपका बीच आचारसंहिता पालनाको विषय अझै बहसको केन्द्रमै रहने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group