ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?


एबीसी न्यूज
११ फाल्गुन २०८२, सोमबार   १२ : ५०   बजे


काठमाडौं ११ फागुन । सामाजिक सुरक्षा कोषको खातामा योगदानकर्ताले बुझाएको १ खर्ब २ अर्ब भन्दा बढि रकम जम्मा भएको छ । फागुन १० गतेसम्ममा कोषमा १ खर्ब २ अर्ब ५४ करोड जम्मा भएको हो । विसं २०७५ को मंसिर ११ गते सामाजिक सुरक्षा योजनाहरूको औपचारिक आरम्भ भएको थियो । उसले योगदानकर्ताहरूबाट रकम संकलन गर्न २०७६ साउन १ गतेदेखि थालेको हो ।
सामाजिक सुरक्षा कोषमा औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको मासिक आधारभुत पारिश्रमिकको ३१ प्रतिशत रकम जम्मा गरिन्छ । यसमा ११ प्रतिशत श्रमिक स्वयंले र २० प्रतिशत रोजगारदाताले बुझाउनुपर्ने हुन्छ । त्यसका अतिरिक्त योगदानकर्ताले आफ्नो इच्छाअनुसार योगदान रकम थप्न पनि सक्छन् । प्रत्येक महिनाको योगदान अर्काे महिनाको १५ गतेभित्रै कोषमा जम्मा गरिसक्नुपर्छ ।
कोषमा जम्मा हुने रकम दिनप्रतिदिन बढ्दै गएको हो । सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारीले कोषको रकमलाई सुरक्षित राखिएको बताउनुभयो । उहाँका अनुसार कोषले सरकारी ऋणपत्र, बन्ड, वाणिज्य बैंकहरूको निक्षेप, म्यूचुअल फन्ड, डिबेन्चर आदिमा लगानी समेत गरेको छ । योगदानकर्तालाई सापटीका रूपमा पनि लगानी भइरहेको छ ।
सामाजिक सुरक्षा कोषमा श्रमिक वा योगदान कर्ताको विभिन्न क्षेत्र छुट्याएको छ । यसमा औपचारिक, अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारी गरी चार वटा क्षेत्र छुट्याइका छन् । यो कोषमा आवद्ध हुने योगदानकर्ताले औषधोपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरेर चार वटा योजनाबाट लाभ लिन सक्दछन् ।
अहिले कोषमा आवद्ध भएका योगदानकर्ताहरूको सङ्ख्या २८ लाख २२ हजार ३३३ पुगिसकेको छ । सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ८४ पुगेका छन् ।
कुल योगदानकर्ताहरूमध्ये औपचारिक क्षेत्रका श्रमिकहरू झन्डै ६ लाख ७९ हजार जति रहेका छन् भने झन्डै २२ लाख जना वैदेशिक रोजगारीमा गएकाहरू रहेका छन् ।
अनौपचारिक क्षेत्रका अनि स्वरोजगारमा रहेकाहरूको हिस्सा थोरै रहेको देखिन्छ । ८५४ जनामात्रै त्यस्ता श्रमिक सामाजिक सुरक्षा कोषमा सहभागि भएका छन् भने ८०८ जना स्वरोजगार क्षेत्रका श्रमिक सामाजिक सुरक्षा कोषमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group