ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते


एबीसी न्यूज
११ फाल्गुन २०८२, सोमबार   १ : २५   बजे

सिन्धुली, ११ फागुन । सिन्धुलीको मरिण गाउँपालिका–४ साहान निर्माणाधीन हिमालयन फुड कम्पनीमा चिनियाँ र स्थानीय कामदारबीच झडप भएको छ । झडपमा पाँच जना चिनियाँसहित सात जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) लालध्वज सुवेदीका अनुसार मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नबराज बम्जनलाई कामबाट निकालेको बिषयलाई लिएर वादविवाद हुँदा दुबै पक्षबीच झडपको अवस्था आएको हो ।
मबार बिहान पौने ९ बजे झडप भएको हो । झडपमा मरिण गाउँपालिका–६ धमिले बस्ने बर्ष ३० को नवराज बम्जन घाइते भएका छन् । उनको दायाँ आँखामा र दायाँ खुट्टामा चोट लागेका कारण थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ । यस्तै उदयपुरको कटारी नगरपालिका–१२ बस्ने बर्ष २२ को गोकर्ण कटुवाल पनि घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ ।

झडपमा पाँच जना चिनियाँ कामदार घाइते भएका छन् । घाइते हुनेहरूमा चीन घर भई हाल हिमालयन फुड कम्पनीमा काम गर्ने बर्ष ३८ मिस्टर याङ कानमा, ४५ को याङ हाईबो, बर्ष ४० का छ्याङ छोङ, बर्ष ४६ को चुजेन र बर्ष ३१ को लेउसेन्सी रहेका छन् ।उनीहरू सबैको प्रायः टाउको र हातमा चोट लागेको छ । घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भईरहेको छ ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय कपिलाकोटबाट १० र निर्वाचन प्रहरी १५ गरी २५ जनाको सुरक्षा टोली परिचालन गरिएको छ । थप घटना हुन नदिन थप सुरक्षाकर्मी परिचालन गर्ने र घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरी प्रमुख सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीको घरमा प्रहरी छापा, केही नभेटिएपछि रित्तै फर्कियो : निजी क्षेत्रले उठायो राज्यको शैलीमाथि प्रश्न

न्यायपरिषद् सचिव र रजिष्ट्रार पदका लागि चारजनाबीच प्रतिस्पर्धा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu