काठमाडौं १४ असार । मध्य असारको चटारो र झरी छिचोल्दै ३ वटा प्रदेशका ३५ जिल्लाका ३३४ स्थानीय तहमा मतदान सुरु भएको छ ।
५ नं. ७ नं.का पहाडी जिल्लामा बाहेक अन्यत्र बिहानैदेखि पानी परिरहेको छ । पानी परेपनि र केही ठाउंमा बम विस्फोटका घटना गराइएपनि मतदाताहरु उत्साहका साथ मतदान स्थल पुगेका छन् । प्रधानमन्त्र शेरबहादुर देउवाले गृह जिल्ला डडेलधुरा, उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका पूर्व अध्यक्ष झलनाथ खनाल, पूर्व सभामुख सुवास नेम्वांगले इलामबाट मतदान गरेका छन् ।
निर्वाचन आयोगले आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ ।
३ प्रदेशका ३५ जिल्लाका ३३४ तहहरुमा
बिराटनगर महानगरपालिकाका साथै ७ उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा गरी १५ हजार ३५ प्रतिनिधि चयन हुनेछन् ।
आयोगका अनुसार ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । उनीहरु मध्ये ४१ उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।
निर्वाचनका लागि ४ हजार ५८१ मतदान स्थलमा ८ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
केही ठाउंमा वर्षाका कारण मतदान प्रभावित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्