ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा बालेन शाहको तस्बिर अंकित २ सय ६२ थान टि-सर्ट प्रहरीको नियन्त्रणमा


एबीसी न्यूज
१५ फाल्गुन २०८२, शुक्रबार   ३ : २६   बजे

काठमाडौं, १५ फागुन । फागु पूर्णिमा (होली) पर्वलाई लक्षित गरी बिक्रीका लागि राखिएका काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख तथा रास्वपाका वरिष्ठ नेता बालेन शाहको तस्बिर र नारा अंकित २६२ थान टि-सर्ट झापाका विभिन्न स्थानबाट प्रहरीले जफत गरेको छ।निर्वाचन र राजनीतिक सन्देश प्रवाह गरी आचारसंहिता वा सुरक्षा संवेदनशीलतामा प्रभाव पार्न सक्ने भन्दै बिर्तामोड, मेचीनगर, दमक र बुद्धशान्ति क्षेत्रका पसलहरूबाट यी सामग्री बरामद गरिएको हो।

सबैभन्दा बढी टि-सर्ट बिर्तामोडबाट जफत गरिएको छ। प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा खटिएको टोलीले बिर्तामोडको कृषिथोक चोक क्षेत्रका पसलहरूबाट ८७ थान र प्रहरी सहायक निरीक्षक सुशान्त पौडेलको टोलीले बिर्ताबजार हाट क्षेत्रबाट ६८ थान गरी कुल १५५ थान टि-सर्ट नियन्त्रणमा लिएको छ।ती कपडाहरूमा “अब की बार, बालेन सरकार” र “यसपालिको होली बालेनसँग” जस्ता नाराहरू छापिएका थिए।

यसैगरी, मेचीनगरको काँकरभिट्टा र धुलाबारी बजारबाट पनि ठूलो परिमाणमा टि(सर्ट बरामद भएको छ। प्रहरी निरीक्षक बीरेन्द्र कोइरालाको टोलीले काँकरभिट्टाका विभिन्न स्टोरहरूबाट ४३ थान र प्रहरी निरीक्षक नकुलराज गौतमको टोलीले धुलाबारीबाट १७ थान टि-सर्ट जफत गरेको छ।

प्रहरीले आफ्नो सक्रियता दमक र बुद्धशान्तिमा पनि बढाएको थियो। दमक नगरपालिका नजिकैका पसलहरूबाट २१ थान र बुद्धशान्ति-३ स्थित बुधबारे बजारबाट २६ थान टिसर्ट बरामद गरिएको छ।होलीको बहानामा राजनीतिक प्रचारप्रसार गर्ने खालका सामग्रीले बजारमा अस्वस्थ प्रभाव पार्ने भन्दै प्रहरीले यस्ता सामग्री बिक्री वितरणमा कडाइ गरेको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उद्योगीको घरमा प्रहरी छापा, केही नभेटिएपछि रित्तै फर्कियो : निजी क्षेत्रले उठायो राज्यको शैलीमाथि प्रश्न

न्यायपरिषद् सचिव र रजिष्ट्रार पदका लागि चारजनाबीच प्रतिस्पर्धा

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu