ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिवाङबाट प्रचण्डले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ


एबीसी न्यूज
१६ फाल्गुन २०८२, शनिबार   ६ : ०८   बजे


काठमाडौं, १६ फागुन । पुष्पकमल दाहाल प्रचण्डले देश गम्भीर मोडमा पुगेको टिप्पणी गरेका छन्। रोल्पाको लिवाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राष्ट्रिय स्वाधीनता, जनताको आत्मसम्मान र देशबारे निर्णय गर्ने अधिकारमाथि बाह्य शक्तिहरूले चुनौती दिइरहेको आरोप लगाए।

उनले विदेशी प्रतिक्रियावादी शक्ति र तिनका ‘दलाल’विरुद्ध नयाँ अभियान सुरु गर्नुपर्ने आवश्यकता औँल्याए। ‘राष्ट्रको एकतालाई अक्षुण्ण राख्न, स्वाधीनतालाई जगेर्ना र सुदृढ गर्न अहिले नयाँ शक्ति र नयाँ अभियान चाहिएको छ,’ उनले भने।प्रचण्डले वर्तमान परिस्थितिमा दुई अतिवादी प्रवृत्ति देखिएको दाबी गरे। उनका अनुसार २३ गते जेनजी युवाहरूको निर्ममतापूर्वक हत्या गर्ने ‘निरंकुश, अहंकारी प्रवृत्ति’ एकातिर छ भने २४ गते विध्वंस मच्चाएर विदेशी शक्तिसँग मिलेर देशलाई संकटतर्फ धकेल्ने अर्को प्रवृत्ति अर्कातिर देखिएको छ। ‘यी दुवै प्रवृत्तिका विरुद्ध राष्ट्रिय एकताको पक्षमा उभिनु जरुरी छ,’ उनले जोड दिए।

उनले दुई दर्जनभन्दा बढी देशभक्त, वामपन्थी र क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गर्दै नेपाली कम्युनिस्ट पार्टी गठनको पहल गरिएको जानकारी दिए। नयाँ शक्तिका साथ प्रतिक्रियावादविरुद्ध पुनः देशव्यापी अभियान चलाउने संकल्प उनले व्यक्त गरे।‘हाम्रा उम्मेदवारलाई अत्यधिक बहुमतले विजयी गराइदिनुहोस्,’ उनले अपिल गरे, ‘जीवनको उत्तरार्धमा फेरि एकचोटि नयाँ अभियानका लागि जनताबाट शक्ति लिएर देशव्यापी आन्दोलनमा जाने मेरो सपना छ। स्वच्छ र निष्पक्ष निर्वाचन भए हाम्रो पार्टी पहिलो शक्ति बन्ने पूरा सम्भावना छ।’

लिवाङको सभाबाट उनले राष्ट्रिय एकता, स्वाधीनता र वैचारिक पुनर्गठनलाई चुनावी एजेन्डाको केन्द्रमा राख्दै नयाँ राजनीतिक मोर्चाको संकेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group