भक्तपुर, २४ चैत । भक्तपुरको हनुमन्ते नदी सफाई अभियानको आज छैटौँ हप्ता ३० टन फोहोर संकलन गरिएको छ ।
सूर्यविनायक नगरपालिकाको आयोजनामा भइरहेको हनुमन्ते सफाइ अभियानमा आज नायिका केकी अधिकारीको नेतृत्वमा सफाइ अभियान सञ्चालन भयो । अभियानका क्रममा नायिका अधिकारीले वातावरण संरक्षण गर्न आम भक्तपुरवासीको मात्र नभई सम्पूर्ण नेपालीको भूमिका उल्लेख्य हुनुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सफाइ अभियान सञ्चालन गर्दा खोलामा फोहोर फाल्नेलाई नैतिक संकट परेको बताउँदै खोलामा सिधै उद्योग र कलकारखानाका केमिकल सहितको फोहोर फाल्ने कामलाई रोक्नुपर्ने बताउनुभयो ।
अभियानका संयोजक तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सरसफाइ, शिक्षा, स्वास्थ्य तथा यातायात जस्ता कुरा अहिले सूर्यविनायक नगरपालिकाको पहिलो प्राथमिकता भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्