ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र मोदीले संयुक्त रुपमा स्वीच थिचेपछि आजदेखि आइसिपी सञ्चालनमा


admin
२४ चैत्र २०७४, शनिबार   ६ : २८   बजे

वीरगञ्ज, २४ चैत । भारतको नयाँदिल्लीस्थित हैदरावाद भवनबाट प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्विच थिची उद्घाटन गर्नुभएपछि पर्सा जिल्लाको अलौमा रहेको एकीकृत जाँच चौकी (आइसिपी) आजदेखि विधिवत् रुपमा सञ्चालनमा आएको छ ।

नयाँदिल्लीमा दुवै देशका प्रधानमन्त्रीले स्विच थिची आइसिपीको उद्घाटन गरेपछि अलौस्थित आइसिपीमा रहेको शिलालेखको वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत विसी प्रधानले अनावरण गर्नुभयो ।

उद्घाटनपश्चात् भारतबाट पेट्रोलियम पदार्थ बोकेको ना ६ ख ६९३९ नंको पेट्रोल ट्याकरसहित ८० वटा गाडी नेपाल प्रवेश गरेका छन् भने नेपालतर्फबाट एनएल ०१ एच ८३८५ नंको मालबाहक ट्रकसहित तीनवटा गाडी भारत भित्रिएका छन् ।

भारत सरकारको रु दुई अर्बको लागतमा निर्माण गरिएको सो आइसिपी अलौ र सिर्सियाको ११५ बिघा क्षेत्रफलमा फैलिएको छ ।

नेपाल सरकारले वीरगञ्ज महानगरपालिकाको सिर्सिया र अलौमा गरी ३१५ जना जग्गाधनीको ११५ बिघा क्षेत्रफल जग्गा अधिग्रहण गरी उपलब्ध गराएपछि उपहारस्वरुप आइसिपी बनाइदिएको हो ।

भारतले निर्माण गरिदिएको उक्त आइसिपीमा ७३० वर्ग मिटर क्षेत्रफलका पाँचवटा ठूला गोदाम, दुईवटा ठूला सेड, कार्यालय सञ्चालन भवन, भन्सार कार्यालयको भवन, कर्मचारीको आवास भवन, उपचार केन्द्र भवन, खाजा तथा खाना घर, बैंक तथा वित्तीय संस्थाको भवन, सुरक्षाकर्मीको भवन, पर्खाल, आइसिपीमा सवारी साधन प्रवेश तथा निकास हुने कालोपत्रे सडकलगायत भौतिक संरचना रहेका छन् ।

वीरगञ्जको मुख्य नाकामा रहेको वीरगञ्ज भन्सार कार्यालय आइसिपीमा स्थानान्तरण हुने भएकाले आयात निर्यातकर्ताले कम समयमै सहज रुपमा वस्तु आयात निर्यात गर्न सक्ने छन् भने सवारीको चापका कारण हुने ट्राफिक चाप हुने छैन र भन्सारमा हुने गरेको चोरी पैठारीमा कमी आउने तथा राजश्व चुहावट पनि रोकिने अपेक्षा गरिएको छ ।

नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल–भारतबीच भएको सम्झौताअनुरुप भारत सरकारको आंशिक तथा प्राविधिक सहयोगमा सो आइसिपी निर्माण गरिएको हो । नेपालको आधाभन्दा बढी अन्तर्राष्ट्रिय व्यापार वीरगञ्ज रक्सौल मार्गबाट हुने भएकाले यो आइसिपीले नेपालको व्यापारमा नयाँ स्फूर्ति ल्याउने विश्वास गरिएको छ ।

एकीकृत जाँचचौकीले नेपाल–भारत व्यापार तथा सम्बन्धमा नयाँ आयाम थप्नुका साथै विराटनगर भैरहवा र नेपालगञ्जमा निमार्णाधीन अवस्थामा रहेको आइसिपीहरुका लागि उदाहरण बन्ने विश्वास भारतीय पक्षले लिएको छ ।

यसअघि नेपाल–भारत सीमामा रहेको मैत्रीपुलको बाटो गरी सामान आउन एक हप्ता लाग्ने गरेकामा अब आइसिपी सञ्चालनमा आएपछि केही घण्टाभित्रै नेपाल आउन सक्ने भएकाले यसबाट नेपाल–भारतबीचको व्यापारमा नयाँ आयाम थपिने विश्वास उद्योगीहरुको रहेको छ ।

नेपालतर्फ अलौ तथा भारततर्फ पन्टोका गाँउलाई छुने गरी निर्माण भएको सो आइसिपीबारे आफ्नो धारणा राख्दै इन्टरमोडल विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत तथा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले लामो समयको सपना पूरा भएकाले यसबाट ३० प्रतिशत पारवहान खर्चमा कमी आउने विश्वास लिनुभएको छ ।

भारतबाट आउने मालबाहक ट्रकलगायत सवारी आइसिपीको बाटो गरी सोझै परवानीपुर निस्कने तथा परवानीपुरदेखि आइसिपी हुँदै भारततर्फ जान सक्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group