नयाँदिल्ली, २४ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका क्रममा भारतका नेता र बुद्धिजीवीहरुमा आफूले दुईखाले भ्रमहरु पाएको बताएका छन् । भ्रमबाट मुक्त हुन ओलीले भारतीयहरुलाई आग्रह गरेका छन् ।
शनिबार साँझ इण्डिया फाउन्डेसनले आयोजना गरेको नागरिक अभिनन्दनमा सहभागी भएका ओलीले भने, मैले यहाँ दुईखाले भ्रमहरु रहेको पाएँ, एउटा कम्युनिष्ट सरकार आएपछि लोकतन्त्र संकटमा पर्छ कि भन्ने भ्रम रहेछ, अर्को चाहिँ नेपाल कुनै एउटा देश -चीन) तिर ढल्कने हो कि भन्ने भ्रम रहेछ ।
प्रधानमन्त्री ओलीले यी दुबै भ्रमहरुबाट मुक्त हुन भारतीयलाई आग्रह गरे । नेपालमा जुन शक्तिले लोकतान्त्रिक संविधान बनायो, अहिले त्यही शक्ति सरकारमा रहेकाले निजी क्षेत्रले कम्युनिष्ट सरकारबाट आत्तिनुनपर्ने ओलीले बताए । साथै आफू स्वयं लोकन्त्रका लागि लडेको र १५ वर्षसम्म जेल बसेको व्यक्ति भएकाले लोकतन्त्रप्रति प्रतिवद्ध रहेको ओलीले बताए ।
प्रतिक्रिया दिनुहोस्