ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !


एबीसी न्यूज
१० चैत्र २०८२, मंगलबार   ७ : १२   बजे

काठमाडौं — इरानसँगको युद्ध चौथो साता प्रवेश गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अचानक ‘शान्ति’ को बाटो खोज्न थालेका छन् । तर यो शान्ति कुनै साधारण वार्ता होइन — ट्रम्प प्रशासनले इरानको अर्को नेता ‘छान्ने’ योजना बनाउन थालेको छ ।
अमेरिकी प्रशासनका दुई उच्च अधिकारीहरूका अनुसार, इरानको ६४ वर्षीय संसद् अध्यक्ष मोहम्मद बागेर गालिबाफ लाई ट्रम्प प्रशासनले ‘काम लाग्ने साझेदार’ को रूपमा हेर्न थालेको छ । उनी नै इरानको अर्को चरणको नेतृत्व गर्न सक्ने र ट्रम्प प्रशासनसँग तेल सम्झौता गर्न सक्ने ‘हट अप्सन’ मध्ये एक भएको पोलिटिकोले उल्लेख गरेको छ ।
“उनी हाम्रो लागि तातो विकल्प हुन्,” एक प्रशासनिक अधिकारीले भने, “तर हामीले उनीहरूलाई परीक्षण गर्नुपर्छ । हतारमा निर्णय गर्न सकिँदैन ।”
ट्रम्पको दोस्रो लक्ष्य : तेल
ट्रम्पको मुख्य चासो इरानको तेल हो । उनी इरानको प्रमुख तेल हब खार्ग आइल्याण्ड लाई नष्ट गर्न चाहँदैनन् । किनकि उनलाई के आशा छ भने नयाँ नेता बसाल्न पाए भेनेजुएलाको डेल्सी रोड्रिगेज जस्तै ‘हामीलाई राम्रो तेल सम्झौता’ दिनेछन् ।
एक अधिकारीले भने, “यो सबै भेनेजुएलाको मोडेल जस्तै हो । हामीले भन्छौं — ‘तिमीलाई हामी राख्छौं, हामी तिमीलाई हटाउँदैनौं । तिमी हाम्रा मान्छेसँग काम गर्छौ र हामीलाई पहिलो राम्रो तेल डिल दिन्छौ ।’” क्रासिस ग्रुपको रिपोर्टमा उल्लेख छ ।
गालिबाफ को हुन् ?
मोहम्मद बागेर गालिबाफ इरानको संसद् अध्यक्ष मात्र होइनन्, उनी पूर्व तेहरान मेयर, प्रहरी प्रमुख र क्रान्तिकारी गार्डका उच्च अधिकारी पनि हुन् । उनी बारम्बार अमेरिका र इजरायललाई ‘ठूलो जवाफ’ दिने धम्की दिन्छन् । तर ट्रम्प प्रशासनका केही अधिकारीहरू उनलाई ‘व्यावहारिक र महत्वाकांक्षी’ ठानेका छन् ।
तर इरान विज्ञहरू यसमा शंका व्यक्त गर्छन् । इन्टरनेशनल क्राइसिस ग्रुपका अली वाएजले भने, “गालिबाफ इरानको इस्लामिक व्यवस्थाको पूर्ण समर्थक हुन् । उनी अमेरिकालाई ठूलो छुट दिन सक्ने सम्भावना निकै कम छ । इरानको सैन्य र सुरक्षा संस्थाहरूले उनलाई कडाइका साथ नियन्त्रण गर्नेछन् ।”
रेजा पहलवीको विकल्प खारेज
ट्रम्प प्रशासनले इरानका निर्वासित राजकुमार रेजा पहलवी (पूर्व शाहका छोरा) लाई भने पूर्ण रूपमा खारेज गरेको छ । एक अधिकारीले भने, “रेजा पहलवी ? भगवानले नमाने १ उनी बाहिर हुर्केका छन् । उनलाई इरानमा राख्नु भनेको अराजकता निम्त्याउनु हो ।”
ट्रम्पको ‘५ दिनको ब्रेक’
सोमबार ट्रम्पले भनेका थिए — “मैले इरानका ऊर्जा पूर्वाधार र पावर प्लान्टमा ५ दिनसम्म कुनै सैन्य हमला रोक्ने निर्णय गरेको छु ।” उनी इरानसँग ‘ठोस’ व्यक्तिहरूसँग सम्पर्क भइरहेको र स्ट्रेट अफ होर्मुज खोल्ने विषयमा कुराकानी भइरहेको बताएका छन् ।
तर व्हाइट हाउसका केही निकटवर्तीहरूले यो ‘समय किन्ने’ रणनीति मात्र भएको बताएका छन् । एक गल्फ अधिकारीले भने, “ट्रम्प बजार स्थिर गर्न र आफ्नो ४८ घण्टे अल्टिमेटमबाट पछि हट्ने बहाना बनाउन खोज्दै छन् ।”
इरानको प्रतिक्रिया
गालिबाफले सोमबार नै अमेरिकासँग कुनै वार्ता नभएको स्पष्ट गरेका छन् । तर अमेरिकी अधिकारीहरूले उनको कथनलाई ‘आन्तरिक पोस्टगचष्लन’ मात्र ठानेका छन् ।
प्रशासनका एक वरिष्ठ अधिकारीले भने, “हामी अहिले ‘टेस्टिङ फेज’ मा छौं । को उठ्न सक्छ, को नेतृत्व चाहन्छ, को प्रयास गर्छ — हामी हेर्दैछौं । यदि कोही कट्टरपन्थी देखियो भने हामी हटाउँछौं ।”
के हुन्छ अब ?
ट्रम्प प्रशासन इरानमा भेनेजुएला मोडेल दोहोर्‍याउने सपना देखिरहेको छ — शक्तिशाली नेता छान्ने, तेल सम्झौता गर्ने र युद्धबाट ‘सम्मानजनक’ बाहिर निस्कने । तर इरान विज्ञहरू भन्छन् — इरान भेनेजुएला होइन । यहाँको व्यवस्था, सेना र सुरक्षा संस्थाहरू निकै बलियो छन् । अमेरिका र इजरायलको हमलापछि तेहरानमा विश्वास होइन, गहिरो अविश्वास छ ।
के ट्रम्पले इरानमा ‘अर्को नेता’ छान्न सक्लान् ? वा यो केवल बजार स्थिर पार्ने र समय किन्ने चाल मात्र हो ?

( इन्टरनेशनल क्राइसिस ग्रुप, रोयटर्स र पोलिटिकोका आधारमा )

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

डा. गोविन्द केसीसँग भएको ७ बुँदे सहमतिमा के छ ?

जनकपुरमा प्रधानमन्त्रीको तस्वीर जलाइयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu