ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने


एबीसी न्यूज
१० चैत्र २०८२, मंगलबार   ८ : ०१   बजे

काठमाडौं, १० चैत्र । प्रधानमन्त्री सुशीला कार्की पदबाट बाहिरिने अन्तिम तयारीमा छिन् । शुक्रबार प्रस्तावित प्रधानमन्त्री बालेन शाहले पदभार ग्रहण गर्ने र सोही दिन शपथ लिने तयारी छ । पद छाड्न केही दिन मात्र बाँकी रहँदा कार्कीले नियमित रुपमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जान छाडेकी छन् ।

कार्यालय स्रोतका अनुसार उनले अब नआउने भन्दै अनौपचारिक रूपमा बिदा लिएकी छिन् । कार्यालयका एक उपसचिवका अनुसार कर्मचारीहरूले औपचारिक बिदाइको प्रस्ताव गरे पनि कार्कीले त्यसलाई अस्वीकार गर्दै साधारण रूपमा बाहिरिन चाहेको बताएकी थिइन् ।

त्यसपछि उनी सिंहदरबारस्थित कार्यालय गएकी छैनन् । उनका व्यक्तिगत सामान पनि सचिवालयका कर्मचारीहरूले उठाइसकेका छन् ।

यता, बालुवाटारस्थित सरकारी निवासबाट उनको परिवारले सबैजसो सामान टोखास्थित निजी घरमा सारिसकेको छ । त्यहाँ सुरक्षाकर्मी राख्न आवश्यक संरचना तयार गर्ने काम केही दिनदेखि भइरहेको थियो ।

पूर्वप्रधानन्यायाधीशसमेत रहेकी कार्की अब पूर्वप्रधानमन्त्रीको हैसियतमा रहने भएकाले उनको निवासमा सुरक्षा व्यवस्था थप कडा पारिनेछ । सचिवालय स्रोतका अनुसार नयाँ प्रधानमन्त्रीको शपथपछि कार्की सिधै टोखास्थित निजी निवासतर्फ जाने तयारीमा छिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खस्यो, एकतर्फी मात्रै यातायात सञ्चालन

बजारमा पुनः एलपी ग्यास अभाव, उपभोक्ता मारमा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu