मोरङ, २५ चैत । श्रीमदभागवत सप्ताह लगाउनका लागि चताराबाट विराटनगर पुगेको हिन्दु धर्मगुरु श्रीनिवासमाथि गोली प्रहार भएको छ । गएराति १ बजेतिर विराटनगर महानगरपालिका – १४ जतुवामा उनीमाथि गोली प्रहार भएको स्थानीयबासिन्दाले जनाएका छन् ।
तीन गोली लागेका श्रीनिवासको न्यूरो अस्पताल विराटनगरमै उपचार भइरहेको छ । कोशी अञ्चल अस्पतालले उपचार गर्न नसकेपछि न्यूरोमा उपचार भइरहेको र काठमाडौंबाट सर्जनहरुको टोली विराटनगर जान लागेको पनि अस्पतालमा रहेका उनका शुभचिन्तक र स्थानीयबासिन्दाले जनाएका छन् । प्रहरीले भने घटनाबारे केही बताएको छैन ।
सुनसरीको चतारा धाममा बस्दै आएका श्रीनिवासलाई फोनबाट यसअघि पनि पटकपटक गोली हान्ने धम्की आउने गरेको आफ
नतले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्