ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रमेश लेखकको बयान– गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार हुँदैन


एबीसी न्यूज
१८ चैत्र २०८२, बुधबार   ९ : ४८   बजे

काठमाडौं, १८ चैत्र । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले गृहमन्त्रीसँग गोली चलाउन आदेश दिने अधिकार नभएको बयान दिएका छन् । बुधबारदेखि उनको बयान सुरु भएको छ । प्रहरी हिरासतमा रहेका लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं लगिएको थियो ।

महाराजगन्जस्थित नेपाल प्रहरीको दुई नम्बर गणबाट बयानका लागि परिसर लगिएका लेखकले भदौ २३ मा गोली चलाउने आदेश आफूले नदिएको बताएका छन् ।

बयानमा सहभागी एक अधिकारीका अनुसार लेखकले गोली हान्न आदेश दिने अधिकार गृहमन्त्रीसँग नरहेको उल्लेख गरेका छन् ।

भदौ २३ गते भएको जेनजी आन्दोलनमा प्रदर्शनकारीलाई दमन गरेको आरोपमा जाँचबुझ आयोगको प्रतिवेदनमा सिफारिस भएअनुसार प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको थियो ।
लेखकलगत्तै पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली पनि पक्राउ परेका थिए ।

स्रोतले दिएको जानकारीअनुसार लेखकले बुँदागतरुपमा बयान दिएका छन् ।

१। भाद्र २३ र २४ को घटनाका सन्दर्भमा गृहमन्त्रीले प्रशासन र सुरक्षा निकायबाट उपलब्ध हुने सूचनाको आधारमा निर्देशन दिने र समन्वय गर्नेमात्रै हो ।

२। गृहमन्त्रीलाई कुनै पनि कानुनले बल प्रयोग सम्बन्धमा निर्देशन दिने अधिकार प्रदान दिएको छैन । मैले कुनै आदेश दिएको पनि छैन । मेरो क्षेत्राधिकारीभित्र पनि पर्दैन ।

३। सम्भावित अवस्थाको निर्क्योल गरी निर्णय लिने जिम्मेवारी स्थानीय प्रशासन सम्बन्धी ऐन तथा अन्य कानुनअनुसार सुरक्षा निकाय र स्थानीय स्तरमा तोकिएका पदाधिकारीलाई अधिकार दिएको छ ।

४। गृहमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित नीतिगत र कानून निर्माणको नेतृत्व गर्ने र निर्देशन दिने हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group