ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनविश्वास, गुटबन्दी र पुनरुत्थानको चुनौती” — महामन्त्री गुरु घिमिरेसँग विशेष संवाद (भिडियोसहित)


एबीसी न्यूज
२७ चैत्र २०८२, शुक्रबार   ९ : ४९   बजे

काठमाडौं । २०८२ को जेनजी आन्दोलन र त्यसपछिको निर्वाचन परिणामले नेपालको परम्परागत राजनीतिक दलहरूलाई गम्भीर आत्मसमीक्षाको मोडमा उभ्याएको छ। बाहिरबाट राजनीतिक अवस्था सामान्य देखिए पनि जनविश्वास, नेतृत्वप्रतिको धारणा र दलहरूको सामाजिक आधारभित्र ठूलो परिवर्तन देखिएको छ। यही सन्दर्भमा एबीसी वाचमा कविराज बिसीसंग नेपाली कांग्रेसका महामन्त्री गुरु घिमिरे सँग दलहरूको भविष्य, जनविश्वासको पुनर्निर्माण, आन्तरिक एकता र समसामयिक राजनीतिक घटनाक्रमबारे विस्तृत संवाद गर्नुभएको छ।

महामन्त्री घिमिरेले २०८२ को निर्वाचनलाई नेपाली कांग्रेससहित पुराना दलहरूका लागि “ठूलो चुनौती” को रूपमा स्वीकार गर्दै भन्नुभयो कि राजनीतिक दलहरू जनताको आशा, अपेक्षा र भावनालाई निरन्तर सम्बोधन गर्न सके मात्र सान्दर्भिक रहन्छन्। उहाँका अनुसार जनतासँग दलहरूको सम्बन्ध कमजोर हुँदै जाँदा नयाँ दलहरूको उदय स्वाभाविक रूपमा सतहमा आएको हो।

उहाँले स्वीकार गर्नुभयो कि कांग्रेसको पराजयमा नयाँ पार्टीप्रतिको जनआकर्षण मुख्य कारण बनेको छ। “आन्तरिक द्वन्द्व एउटा कारण हो, तर मुख्य रूपमा जनतामा ‘यसपटक नयाँलाई हेरौं’ भन्ने मनोविज्ञान देखियो,” उहाँले भन्नुभयो। यही कारणले परम्परागत संगठन संरचना, ठूलो सदस्य संख्या र लामो राजनीतिक इतिहास हुँदाहुँदै पनि अपेक्षित मत आउन नसकेको उहाँको भनाइ थियो।

महामन्त्री घिमिरेले कांग्रेसभित्रको गुटबन्दी र अनुशासनहीनता ले पार्टीलाई कमजोर बनाएको पनि स्वीकार गर्नुभयो। विगतमा गुटीय शक्तिका आधारमा गल्ती गर्नेहरूलाई संरक्षण दिने प्रवृत्तिले संगठनमा दण्डहीनता बढाएको उल्लेख गर्दै अब पार्टीले व्यक्तिको हैसियत नहेरी गल्तीको स्तरअनुसार कारबाही गर्ने स्पष्ट सन्देश दिएको उहाँले बताउनुभयो।

उहाँले स्वस्थ प्रतिस्पर्धा र अस्वस्थ गुटबन्दीबीचको भिन्नता पनि स्पष्ट पार्नुभयो। “काम, परिणाम, मेहनत र पौरखमा प्रतिस्पर्धा हुनु राम्रो हो, तर एकले अर्कालाई कमजोर पार्ने मनोविज्ञानले पार्टीलाई मात्र कमजोर बनाउँछ,” उहाँले भन्नुभयो।

विशेष महाधिवेशनको प्रसंगमा महामन्त्री घिमिरेले त्यसलाई शक्ति संघर्ष नभई नीतिगत र नेतृत्वगत पुनरावलोकनको लोकतान्त्रिक प्रक्रिया भएको दाबी गर्नुभयो। उहाँका अनुसार पार्टी विधानअनुसार समय सापेक्ष नेतृत्व परिवर्तन र नीतिगत सुधार आवश्यक भएकाले विशेष महाधिवेशनको माग गरिएको हो।

निर्वाचनमा आएको कमजोर परिणामबारे बोल्दै उहाँले यो नेपाली कांग्रेसको इतिहासमै सबैभन्दा कमजोर मत परिणाम भएको स्वीकार गर्नुभयो। तर पार्टी अझै दोस्रो शक्तिका रूपमा रहेको उल्लेख गर्दै धेरै निर्वाचन क्षेत्रमा कम मतान्तरले हार व्यहोरेको तथ्य प्रस्तुत गर्नुभयो।

महामन्त्री घिमिरेले पार्टी विभाजनको हल्लालाई पूर्ण रूपमा अस्वीकार गर्दै भन्नुभयो, “कुनै पनि सच्चा कांग्रेस कार्यकर्ताको मनमा पार्टी फुटाउने सोच छैन। अहिलेको सबैभन्दा ठूलो आवश्यकता भनेको आन्तरिक एकता र सहअस्तित्वलाई मजबुत बनाउनु हो।”

समसामयिक कानुनी तथा राजनीतिक विवादका विषयमा पनि उहाँले निष्पक्ष छानबिनको पक्षमा आफूहरू उभिएको स्पष्ट पार्नुभयो। पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वप्रधानमन्त्री तथा अन्य नेताहरूमाथि उठेका प्रश्नबारे बोल्दै उहाँले कुनै पनि व्यक्तिलाई पूर्वाग्रह वा प्रतिशोधको भावनाले नभई निष्पक्ष कानुनी प्रक्रियामार्फत अनुसन्धान हुनुपर्ने बताउनुभयो।

कार्की आयोगको प्रतिवेदन र २३–२४ गतेका घटनाहरूको छानबिनबारे पनि उहाँले सरकारको प्रक्रिया पारदर्शी र सन्तुलित नदेखिएको टिप्पणी गर्नुभयो। “२३ को दमन र २४ को विध्वंस दुवैलाई निष्पक्ष रूपमा हेर्नुपर्छ,” उहाँले जोड दिनुभयो।

अन्त्यमा, वर्तमान सरकारको कदम र अदालतबाट भएका निर्णयबारे बोल्दै महामन्त्री घिमिरेले राज्यका सबै निकायले विधि, निष्पक्षता र पारदर्शितालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो। “कानुनको पालना गर्दा कसैमाथि कारबाही हुन सक्छ, तर त्यो निष्पक्ष हुनुपर्छ,” उहाँको निष्कर्ष थियो।

यो संवादले २०८२ पछिको नेपाली राजनीतिमा पुराना दलहरूको पुनरुत्थान, नेतृत्व संकट, जनविश्वासको पुनर्निर्माण र कानुनी निष्पक्षताबारे गम्भीर बहसलाई थप तीव्र बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group