ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनको सम्पत्ति– मधेशमा १० बिघा जग्गा, १ करोड ४६ लाख नगद र १९० तोला गरगहना


एबीसी न्यूज
२९ चैत्र २०८२, आइतबार   ९ : १७   बजे

काठमाडौं, २९ चैत्र । प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहसँग प्रशस्त सम्पत्ति देखिएको छ । तर उनको सम्पत्तिको अधिकांश हिस्सा पैतृक रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरणमा उल्लेख छ ।

विवरणअनुसार शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलाएका छन् । सो रकम फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालबाट आम्दानी गरेको उनले उल्लेख गरेका छन् । यस्तै श्रीमती सविना काफ्लेसँग १९० तोला गहना भएको समेत खुलाएका छन् ।

जुन पैतृक सम्पत्ति भएको शाहले खुलाएका छन् । तर उनीसँग भएको गहना सुनचाँदी हिरा वा के हो भन्नेबारे भने स्पष्ट गरिएको छैन । यसबाहेक शाहले मधेसमा १० बिघाभन्दा बढी जग्गा रहेको उल्लेख गरेका छन् । धनुषामा १।२ बिघा र सप्तरीमा ९ बिघा पैतृक सम्पत्ति रहेको उनले खुलाएका हुन् । जुन सम्पत्ति उनको बुबा र दाइको नाममा देखिन्छ । यस्तै काठमाडौँमा दाइको नाममा ५ आना जग्गा पनि रहेको छ । यसबाहेक शाहले आफ्नो सम्पत्ति विवरणमा सामाजिक सञ्जालमा भएको फलोअर पनि उल्लेख गरेका छन् । सम्पत्ति विवरणको अन्य शीर्षकमा उनले फेसबुक, युट्युब र टिकटकको फलोअर्स समेत देखाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu