ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सघन संवादमा एमाले र नेकपा, ओली भेट्न अस्पताल पुगे प्रचण्ड


एबीसी न्यूज
४ बैशाख २०८३, शुक्रबार   ११ : ३०   बजे

काठमाडौं, ४ वैशाख। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका छन् । पत्थरीको अपरेशनपछि टिचिङमा उपचाररत् ओलीलाई भेट्न बिहीबार साँझ सवा ५ बजेतिर प्रचण्ड पुगेका थिए । उनी ३० मिनेट जति बसेको बताइएको छ ।

एमाले सचिव पद्मा अर्यालले दाहाल ओलीलाई भेट्न पुगेको बताउँदै स्वास्थ्यलाभको कामना गरेको बताइन् । एमाले र नेकपाको सहकार्य चर्चा चलिरहँदा प्रचण्ड-ओलीबीचको भेटलाई अर्थपूर्णरूपमा हेरिएको छ ।‘उहाँ आउनुभएको हो स्वास्थ्यलाभको कामना गर्नुभयो थप विषय त मैले पनि बुझ्नु पर्छ’, अर्यालले नेपाल प्रेसलाई भनिन् । नेकपा र एमालेका केही नेताको छलफलपछि ओली-प्रचण्डको संवाद भएको स्रोतको दाबी छ ।त्यसअघि ओलीको सन्देश बोकेर एमालेका दुई पदाधिकारीले नेकपाका शीर्ष नेतालाई भेटेका थिए ।

नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल झलनाथ खनाल, वामदेव गौतमसहितका नेताहरूलाई एमालेका पदाधिकारीले आगामी दिनको सहकार्यका विषयमा छलफल गरेको बताइन्छ । उनीहरुबीच करिब ४ घण्टा छलफल भएको थियो । त्यसपछि प्रचण्ड ओलीलाई भेट्न पुगेको स्रोतले जानकारी दिएको छ ।

आज फेरि एमालेका एक पदाधिकारीले प्रचण्डलाई भेटेका छन् । उनीहरूबीच नेकपा र एमालेबीचको सहकार्यको विषयमा कुरा भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको मूल्य यथावत

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu