ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण


एबीसी न्यूज
४ बैशाख २०८३, शुक्रबार   ३ : ००   बजे

काठमाडौं, ४ वैशाख। सञ्चार तथा सूचना प्रविधिमन्त्री बिक्रम तिमिल्सिना ले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र को निरीक्षण गर्दै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ प्रक्रियालाई तीव्र बनाउन निर्देशन दिएका छन्।

निरीक्षणका क्रममा मन्त्री तिमिल्सिनाले ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने नयाँ व्यवस्था आजदेखि लागू गरिएको जानकारी दिए। उनले लामो समयदेखि लाइसेन्स नपाउने समस्या अन्त्य गर्ने सरकारको प्रतिबद्धता दोहोर्याउँदै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य रहेको बताए।

“अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन्। लाइसेन्स नपाउने समस्या अन्त्य हुन्छ,” मन्त्री तिमिल्सिनाले भने।

उनले सुरक्षण मुद्रण केन्द्र लाई प्रभावकारी र सक्षम संस्थाका रूपमा विकास गर्नुपर्नेमा जोड दिँदै विगतमा देखिएका व्यवस्थापन र इच्छाशक्तिको अभाव अब हटाइने बताए। अर्बौं रकम खर्चेर खरिद गरिएका उपकरण लामो समय प्रयोगविहीन रहेकोमा चिन्ता व्यक्त गर्दै ती उपकरण पूर्ण रूपमा सञ्चालनमा ल्याइने उनको भनाइ छ।

मन्त्रीले नागरिकको डाटा सुरक्षा प्राथमिकतामा राख्न र सेवाग्राहीमैत्री सेवा प्रवाह सुनिश्चित गर्न निर्देशन दिएका छन्। साथै सेवा प्रवाहमा देखिएका गुनासाहरू छिटो समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।

उनले देशभर इन्टरनेट र मोबाइल सेवाको पहुँच तथा गुणस्तर सुधारलाई पनि प्राथमिकतामा राखिएको उल्लेख गर्दै आगामी एक वर्षभित्र सबै नागरिकलाई प्रविधिको पहुँचमा ल्याउने लक्ष्य रहेको बताए।

केन्द्रका कार्यकारी निर्देशक देवराज ढुंगानाका अनुसार संस्थालाई दीर्घकालीन रूपमा सुदृढ बनाउन योजना तयार भइरहेको छ। भविष्यमा यही केन्द्रबाट राहदानी, चेकबुक, स्मार्टकार्ड, हुलाक टिकट र अन्तःशुल्क स्टिकरजस्ता महत्वपूर्ण कागजात छाप्ने क्षमता विकास गरिएको छ।

हाल सुरक्षण मुद्रण केन्द्र ले दैनिक करिब ४० हजार लाइसेन्स छापिरहेको छ। वैशाख १२ गतेभित्र १२ लाख लाइसेन्स छाप्ने र बाँकी १७ लाख लाइसेन्स असार मसान्तसम्म सक्ने लक्ष्य लिइएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group