ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन विमानस्थलमा कस्को निर्देशनमा राखियो हजार यात्रु अट्ने कुर्सी ?


एबीसी न्यूज
२५ चैत्र २०७४, आइतबार   ६ : १९   बजे

काठमाडौं, २५ चैत । त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ १ हजार जना यात्रु अट्ने २ सय वटा नयाँ कुर्सी राखिएको छ । आकाशमा जहाज धेरैबेर होल्ड हुँदा विमानस्थलको प्रस्थान कक्षमा यात्रुको भिड जम्मा हुने गरेको छ । यात्रुले कुर्सी पनि नपाएको गुनासो गरेपछि पर्यटनमन्त्री रविन्द्र अधिकारीको निर्देशनमा १ हजार जना यात्रु अट्ने २ सय वटा नयाँ कुर्सी राखिएको विमानस्थलले जनाएको   छ ।

सुरक्षा जाँच भैसकेर जहाज चढ्न ठिक्क परेका सयौं यात्रु उभिनु पर्ने अवस्था बाट मुक्त भएको प्रवक्ता प्रेमनाथ ठाकुरले बताउनुभयो । कुर्सी पनि नहुँदा निकै गाह्रो हुने गरेको यात्रुको गुनासो पछि पर्यटनमन्त्री अधिकारीले यात्रुलाई सहज हुने वातावरण मिलाउन निर्देशन दिनुभएको थियो ।

मन्त्री अधिकारीले आइतबार मात्रै आन्तरिक उडान कक्षतर्फ पनि २० दिनमा कम्तिमा १ सय कुर्सी राख्न निर्देशन दिनुभएको हो । अहिले त्रिभुवन विमानस्थलमा दैनिक ४ सय उडान हुने गरेका छन । औसतमा २ मिनेट ४२ सेकेन्डमा उडान र अवतरण हुने गरेको छ । अधिकारीले गएको चैत १६ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुधारको योजना अघि सार्नुभएको थियो ।

१८ बुँदा सार्वजनिक गर्दै मन्त्री अधिकारीले सय दिनमा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल सुधार गर्ने दाबी गर्नुभएको थियो । यस्तै, एयर ट्राफिकमा देखिएको समस्या समाधान गरी विमानस्थललाई २१ घन्टा सञ्चालन गराउने अधिकारीको योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअपेक्षा पूरा गर्न सरकार असफल : पद्मा अर्याल

प्रधानमन्त्री र सञ्चारमन्त्रीबीच कार्यसम्पादन सम्झौता

सम्बन्धित

प्रधानमन्त्री शाह संयुक्त राष्ट्र संघको महासभामा सहभागी नहुने

सेयर कारोबारी दिपेन्द्र अग्रवालसँग जोडिएका आफन्त र साझेदारका बैंक खाता तथा सम्पत्ति रोक्का

रास्वपाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गर्‍यो

ब्रोकरबाट ऋण लिएर सेयर किन्न पाउने व्यवस्था ल्याउँदै सेबोन

छ वर्षदेखि जग्गा रोक्का, मुआब्जा नपाएपछि पूर्व–पश्चिम रेलमार्ग प्रभावित जग्गाधनी आक्रोशित

चोलेन्द्रशम्शेर राणाको महाभियोगमा ‘धमिजा काण्ड’को नजिर : वरिष्ठ अधिवक्ताको तर्क– ‘संसद्को प्रस्ताव आफैं निष्क्रिय हुँदैन’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu