ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई नेकपाको खबरदारी– सुकुमबासीलाई उठीबासदेखि ट्रेड युनियन खारेजीसम्ममा विरोध


एबीसी न्यूज
६ बैशाख २०८३, आइतबार   ६ : ५३   बजे

काठमाडौं, ६ वैशाख। नेपाली कम्युनिष्ट पार्टीले उचित विकल्पबिना सरकारले सुकुमबासीलाई जबर्जस्ती उठीबास लगाएको भन्दै विरोध जनाएको छ ।पार्टीले एक प्रेस विज्ञप्ति जारी गर्दै सुकुमबासी व्यवस्थापन, बढ्दो महङ्गी र लोकतान्त्रिक अधिकारको रक्षाका विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

सुकुमबासी परिवारलाई जीविकोपार्जनको कुनै विकल्प नदिई अमानवीय ढंगले घर भत्काएको भन्दै यस्ता कार्यले सीमान्तकृत समुदायको राज्यप्रतिको जनविश्वास कमजोर बनाउने नेकपाले जनाएको छ ।नयाँ सरकार गठनसँगै महँगी र कालोबजारी बढेको भन्दै नेकपाले तत्काल नियन्त्रण गर्न आग्रह गरेको छ ।

ताजा जनादेशबाट गठित सरकारले जनअपेक्षा अनुसार सुशासन र समृद्धिका क्षेत्रमा काम गर्नुपर्नेमा उल्टो आर्थिक भार थपिएको नेकपाको जिकिर छ ।विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णयमा पनि नेकपाले विरोध जनाएको छ । पञ्चायतकालमा समेत संगठित हुने अधिकार रहेको स्मरण गराउँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा संविधानविरोधी यस्ता गतिविधि स्वीकार्य नहुने विज्ञप्तिमा चेतावनी दिइएको छ । ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयास भइरहेको भन्दै नेकपाले चिन्ता जनाएको छ ।सरकारले अघि सारेका सकारात्मक प्रतिबद्धतालाई स्वागत गर्ने भन्दै नेकपाले पूर्वाग्रही र एकपक्षीय दृष्टिकोणको विरोध गर्ने भनेको छ ।

‘सरकारलाई अझ लोकतान्त्रिक बन्न, सुकुमबासी, किसान र मजदुरप्रति जिम्मेवार बन्न तथा अनावश्यक स्टन्टबाजीभन्दा सामाजिक न्यायमा केन्द्रित हुन आग्रह गर्दछौँ’, केन्द्रीय कार्यालयको विज्ञप्तिमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको मूल्य यथावत

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu