ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी सभापति भेट्न गृहमन्त्री राति नै बूढानीलकण्ठमा , राजीनामाको दबाब तीव्र


एबीसी न्यूज
७ बैशाख २०८३, सोमबार   १२ : २६   बजे

काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका विवादास्पद व्यवसायी दीपक भट्टसम्बद्ध कम्पनीमा प्रत्यक्ष साझेदारी भेटिएका गृहमन्त्री सुधन गुरुङ आइतबार राति रास्वपा सभापति रवि लामिछानेलाई भेट्न पुगेका छन् ।

भट्टसम्बद्ध स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा गृहमन्त्री गुरुङले आफ्नै नाममा शेयर लिएको कागजात आइतबार सार्वजनिक भएको थियोे । अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने माग सत्तारूढ रास्वपामा उठ्न थालेको छ ।

राजीनामाको दबाब बढेपछि मन्त्री गुरुङ बूढानीलकण्ठस्थित लामिछाने निवासमा पुगेका हुन् । बेलुकी ८ बजेपछि पुगेका उनी राति १० बजेको हाराहारीमा निस्किएको सुरक्षास्रोतले जनाएको छ ।गुरुङ लामिछानेको घर पुग्दा परिवारका सदस्य र पार्टीका कोही पनि सहकर्मी थिएनन् ।

रास्वपास्रोतका अनुसार गुरुङले प्रधानमन्त्री बालेन्द्र साह र लामिछानेबीच फोन संवाद गराउँदै राजीनामाको दबाब मत्थर पार्ने प्रयास गरेका थिए । सभापति लामिछानेले सोमबार पनि पार्टीको बैठक जारी रहेको र आफ्नो कुरा बैठकमै राख्न सकिने भनेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पेट्रोलियम पदार्थको मूल्य बृद्धि, ग्यासको मूल्य यथावत

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu