काठमाडौं, २६ चैत । प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने भारत भ्रमण पुरा गरी स्वदेश फिर्ता हुनुभएको छ । उहाँ फिर्ता हुदा त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा उहाको स्वागत तथा पत्रकार सम्मेलनको फोटो फिचर ।
स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषि लगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो ।
भ्रमणका क्रममा शनिबार दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा तीन सम्झौता हुनुका साथै १५ बुँदे संयुक्त वक्तव्य समेत जारी भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली शुक्रबार भारत भ्रमणमा जानुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्