ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै, बालेनसँगको भेट अझै अनिश्चित


एबीसी न्यूज
१७ बैशाख २०८३, बिहिबार   ८ : ०१   बजे

काठमाडौं, १७ वैशाख। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । ११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण सकेर फर्केपछि गोर नेपाल आउन लागेका हुन् ।

भारतका लागि अमेरिकी राजदूत समेत रहेका उनी नेपाल आएर प्रधानमन्त्री बालेन शाहसँग भेट गर्ने योजनामा छन् । तर प्रधानमन्त्री शाहले हालसम्म भेटघाट सुनिश्चित गरेका छैन । बालेन सचिवालय स्रोतका अनुसार गोरसँग भेटघाटको कुनै कार्यतालिका छैन । यद्यपि भेटघाटका लागि दबाब रहेको बुझिएको छ ।

राष्ट्रपति ट्रम्पका विशेष दूतका रूपमा रहेका गोरको लक्ष्य प्रधानमन्त्रीसँग भेट्नु नै हो तर भेटघाट अझै सुनिश्चित नभएको बताइको छ । गोरले यसअघि उनी बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशका भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेटेका थिए । हिजो मात्र उनले काजिकिस्तानका राष्ट्रपतिसँग भेटेका थिए । नेपालमा प्रधानमन्त्री बालेनसँग भेट सुनिश्चित नभए पनि अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग उनको भेटघाटको निश्चित भएको छ ।

यो भ्रमण पनि सहायक विदेनमन्त्री कपुर जस्तै लगानी र आर्थिक सहकार्यमा केन्द्रित हुने बताइएको छ । यद्यपि कपुरभन्दा गोर उच्च ओहदाका हुन् । हुन त कपुर पनि राष्ट्रपति ट्रम्पको सचिवालयमा बसेर काम गरिसकेका छन् । तर कपुरभन्दा गोरलाई ट्रम्प नजिक तथा शक्तिशाली मानिन्छ ।

बालेन प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना भन्दा बढी भइसक्यो । हालसम्म एक्लाएक्लै कसैलाई भेटेका छैनन् । चैत २५ गते सामूहिक रूपमा राजदूतहरुसँग भेटघाट गरेका थिए । बालेनको सचिवालय स्रोतहरू भन्छन्, विदेशबाट आउने राजदूत वा तल्लो तहका अधिकारीसँग भेट नगर्ने भनेका छन् । उनी राष्ट्र प्रमुख या शीर्ष मन्त्रीलाई मात्र भेट्ने मनस्थिति बनाएका छन् ।

वैशाख २८ गते भारतका विदेश सचिव विक्रम मिस्री पनि नेपाल भ्रमणमा आउँदै छन् । सचिव मिस्री बालेनको भारत भ्रमणको औपचारिक निमन्त्रणा लिएर आउँदै छन् । त्यो निमन्त्रणा प्रधानमन्त्री बालेनलाई भेटेर बुझाउने कि परराष्ट्र मन्त्रालयलाई मार्फत बुझाउने अझै निश्चित भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group