ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रविधि न्यायको साधन हो, विकल्प होइनः कायममुकायम प्रधानन्यायाधीश मल्ल


एबीसी न्यूज
१८ बैशाख २०८३, शुक्रबार   १२ : ३१   बजे

काठमाडौं १८ वैशाख । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय सम्पादन र न्यायमा पहुँच सुनिश्चित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एक प्रभावकारी साधन हुनसक्ने भएपनि न्यायको विकल्प हुन नसक्ने बताउनुभएको छ ।
युवा कानून व्यवसायीहरूद्वारा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले प्रविधिको प्रयोग गर्दा न्यायको मानवीय संवेदना र विवेकलाई बिर्सन नहुनेमा जोड दिनुभएको हो । काममुकायम प्रधानन्यायाधीश मल्लले एआईले प्रणालीलाई थकित हुन नदिने र कार्यक्षमता बढाउने भएपनि यसलाई मानवीय नियन्त्रण र विवेकको परिधिभित्रै राख्नुपर्ने धारणा राख्नुभयो । आफ्नो व्यक्तिगत अनुभव सुनाउँदै कायममुकायम प्रधानन्यायाधीशले एआईले कानूनी अनुसन्धान, नजिरहरूको खोजी र फैसला लेखनका क्रममा एउटा खाका (फ्रेमवर्क) तयार गर्न महत्वपूर्ण सहयोग पु¥याउने बताउनु भयो । उहाँले ब्राजिलको न्यायपालिकामा प्रयोग भइरहेको ‘भिक्टर’ नामक एआई प्रणालीको उदाहरण दिँदै नेपालमा पनि मुद्दा दर्तामा हुने दोहोरोपना हटाउन र न्यायिक प्रशासनलाई चुस्त बनाउन प्रविधिको उच्चतम प्रयोग गर्न सकिने बताउनु भयो । प्रविधिको फाइदाका साथै यसका जोखिमहरूबारे पनि सचेत रहनुपर्ने उहाँको भनाइ थियो । विशेष गरी ‘डिजिटल डिभाइड’, अल्गोरिदममा हुनसक्ने पूर्वाग्रह (बायस), गोपनीयताको हक र उत्तरदायित्वका प्रश्नहरूमा गम्भीर हुनुपर्ने उहाँले बताउनु भयो । युनेस्को र भारतले एआईको प्रयोगका लागि जारी गरेका मार्गदर्शनहरूको सन्दर्भ उल्लेख गर्दै उहाँले नेपालले पनि ‘ह्युमन सेन्ट्रिक एप्रोच’ (मानव केन्द्रित दृष्टिकोण), पारदर्शिता र जवाफदेहितालाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो । 
उहाँले भन्नुभयो, ‘प्रविधि न्यायको साधन हो, विकल्प होइन । न्यायको आत्मा सदैव मानवीय हुन्छ र त्यसको संरक्षण गर्नु हाम्रो सामूहिक दायित्व हो । मैले आफैँले पनि न्यायपालिकामा एआईको प्रयोगबारे परीक्षण गरेको छु। यसले विशेष गरी अनुसन्धान र सूचना व्यवस्थापनमा क्रान्तिकारी भुमिका खेल्न सक्छ । जेन–जीको घटनापछि हामी प्राविधिक रूपमा शुन्यको अवस्थामा पुगेका थियौँ, तर अहिले हामी पुनः उठ्ने प्रयास गरिरहेका छौँ । हामीले ब्याकअपदेखि धेरै प्रणालीहरू पुनः स्थापित गर्न बाँकी छ । हामी न्यायपालिकाको क्षमता र प्रभावकारिता बढाउन सहकार्यका लागि सधैँ खुला छौँ ।’
नयाँ पुस्ताका कानून व्यवसायीहरू प्रविधिमैत्री रहेकोमा खुशी व्यक्त गर्दै उहाँले न्यायपालिकालाई प्रविधिमैत्री र नवप्रवर्तनकारी बनाउन युवाहरूको साथ आवश्यक रहेको बताउनु भयो । छिटोछरितो न्याय र पहुँचका लागि प्रविधि एउटा कोशेढुङ्गा सावित हुन सक्ने र यसले न्यायको कथालाई नयाँ ढङ्गले परिभाषित गर्ने उहाँको विश्वास छ । उहाँले ढिलो न्याय हुने जनगुनासोलाई सम्बोधन गर्न प्रविधिले कार्यक्षमता बढाउने र यसले समग्र न्याय प्रणालीलाई नै सुदृढ बनाउने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group