काठमाडौं, २६ चैत । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली तीन दिने राजकीय भारत भ्रमण सकेर आइतवार साझ नेपाल फिर्ता हुनुभएको छ । नेपाल फर्केलगतै विमान स्थलमा भएको पत्रकार सम्मेलनमा भ्रमण सफल र निकै उपलब्धिमूलक भएको बताउनुभयो । उहाले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी
संग वान टु वान वार्ता समेत गर्नुभएको थियो । वान टु वान वार्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भारतले नेपालमा गरेको विकास निर्माणका कार्यप्रति असन्तुष्टी जनाउनुभएको थियो । दुवै देशका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा ओलीले नेपालीले भारतका कारण भोग्दै आएका ज्यादतीका विषयमा कुरा उठाउनुभएको थियो । साथै ओलीले भारतले नेपालको विकासमा पुर्याएका अवरोधका बारेमा कुरा समेत उठेको थियो।
प्रधानमन्त्री ओलीले मोदीलाई पटक–पटक सानासाना कुराले विश्वासको वातावरण बिगारेको भन्दै अब विश्वासको आधार बनाउँनु पर्ने बताउनु भएको थियो । ओलीले नेपालको जुट र अदूवा निकासीमा भारतको अवरोधदेखि डुबानसम्मका समस्यामा भारतको कर्मचारीतन्त्रले आफ्नो प्रतिबद्धता पूरा नगरेको भन्दै प्रधानमन्त्री तहमै असन्तुष्टि समेत जनाउनु भएको थियो ।
‘भारतसँगको नेपालको ब्यापार घाटा ‘अलार्मिङ प्वाइन्ट’ मा पुगिसक्यो । यसमा अब पनि हामी गम्भिर भएनौं भने नेपालले त धान्न सक्दैन । यस्तो विषयमा भारतले विश्वासको आधार बनाउनुपर्ने हो । हामी तपाईहरुको व्यापारिक प्रतिस्पर्धी होइनौं । त्यसैले ब्यापार घाटा कम गर्ने सन्दर्भमा भारत लचिलो भइदिनुपर्यो । उदाहरणका लागि जुटकै कुरा गरौं । ‘
‘यो कुराले म सिरियस भएँ’ भन्दै तत्कालै वाणिज्य सचिवस्तरीय बैठक राखेर काम गरिहालौं , भारतिय प्रधानमन्त्री मोदीले भन्नुभएको थियो । विश्वासको आधार कमजोर भएको भन्दै ओलीले मोदीलाई यसरी सम्झाउनुभयो , ‘एकीकृत महाकाली सन्धी भएको २० वर्ष पुगिसक्यो । त्यो सन्धी गर्दा भारतले टनकपुर लिंकरोड बनाउने प्रतिबद्धता जनाएको थियो । जम्मा डेढ किलोमिटर सडक २० वर्षसम्म नबनाउँदा बाहिर कस्तो सन्देश जान्छ ? हामीले विश्वासको आधार कसरी बनाउने ? भारतले प्रतिदिन २६ किलोमिटर नयाँ सडक बनाइरहेको भन्ने मैले सुनेको छु । तर डेढ किलोमिटर सडक बनाउने प्रतिबद्धता अहिलेसम्म पूरा नहुनु लाजमर्दो भयो । यस्ता साना साना कुरा हुन्, जसले आपसी विश्वासको आधार तय गर्छन् ।’
मोदीले जवाफ यस्तो थियो , ‘म योसुनेर अचम्मित भएको छु । तत्कालै उत्तराखण्ड सरकारलाई भन्छु । टनकपुरलाई नेपालसँग जोड्ने डेढ किलोमिटर लिंक रोड बनाउन तत्कालै अघि बढ्छ ।’
प्रधानमन्त्री ओलीले अर्को गुनासो राख्नुभयो ‘प्रत्येक वर्ष डुबानबाट नेपालतर्फ गरीवहरुको उठिबास भएको छ । सानो झुप्रो र केही खेतबाट जीवन धानिरहेका हाम्रा जनता नदीको बहाव थुनिदा उठिबास भएका छन् । यसअघिका भ्रमणमा हाम्रै तहमा कुरा भएर संयुक्त रुपमा भ्रमण गर्ने र नदीको बहाव नरोकिने उपाय खोज्ने सम्झौता भएको हो । तर, अहिलेसम्म केही प्रगति भएन । यसपटक वर्षा लाग्नुअघि नै यो समास्या समाधान गरौं ।
‘यो कुरा यसअघि पनि भएको हो, के कारणले भएन । अब संयुक्त मेकानिजम बनाएर गरौं ।’ मोदीले भन्नुभयो ।
‘ओलीजीको सम्बृद्धि र विकासको बोल्ड भिजनबाट म प्रभावित भएँ । अब नयाँ ढंगबाट सहकार्य गरौं । कमिमजोरी र ढिलासुस्ती हटाउँदै अघि बढ्न म तयार छु ।’
प्रतिक्रिया दिनुहोस्