बझाङ २६ चैत । बझाङको प्रमुख ब्यापारिक केन्द्र मानिने सदरमुकाम चैनपुरमा सार्वजनिक शौचालय नहुदा शौच गर्न समस्या भएको छ । केही वर्ष अघिमात्र जिल्लालाई खुल्ला दिसामुक्त घोषण गरिएको थियो ।
चार बर्ष अघि मात्र खुल्ला दिसा मुक्त भई सकेको क्षेत्रमै शौचालय नहुनु लाजमर्दो कुरा भएको नागरीक समाजका अगुवा धर्मजङ सिहले बताउनुभयो । जिल्लाकै मुटु मानिने बजारमा सार्वजनिक शौचालय नभए पछि अहिले सदरमुकाम चैनपुर दिनप्रतिदिन दुर्गन्धीत बन्दै गएको छ भने बजार आसपासका ठाँउहरुमा खुला दिसा देखिने गरेको छ ।
सदरमुकाम चैनपुर बजारमामा १२ ओटै स्थानियबासीहरु दैनिक ब्यापार गर्ने मानिसहरुको भिडभाड हुने गरेको छ । सार्वजनिक शौचालय नहुदा पुरुष भन्दा महिलालाई बढी समस्या हुने गरेको सुर्मा गाँउपालीकाकी सुनिता बोहराले बताए । स्वच्छ र सफार सुन्दर नगरको जिम्मा पाएका जयपृथ्वी नगरपालीका भने मौन देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्