ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिमा कांग्रेस आक्रामक “सदनको अपमान किन ?”


एबीसी न्यूज
३० बैशाख २०८३, बुधबार   १ : ०२   बजे

काठमाडौं ३० वैशाख । नेपाली कांग्रेस ले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन शाहको लगातार अनुपस्थितिलाई लिएर कडा असन्तुष्टि जनाएको छ। नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला प्रधानमन्त्री सदनमा उपस्थित नभएको भन्दै कांग्रेसले सभामुखमार्फत रुलिङ नै मागेको हो।

आकस्मिक समय लिएर बोलेका कांग्रेस सांसद निश्कल राईले प्रधानमन्त्रीको अनुपस्थितिले संसद्को गरिमामाथि नै प्रश्न उठेको बताएका छन्। उनले सभामुखलाई समेत लक्षित गर्दै सदनको सम्मान जोगाउन तत्काल प्रधानमन्त्रीलाई बैठकमा उपस्थित गराउन आग्रह गरे।

‘हजुरले सभाको इज्जत राख्न सक्नुभएन भने कसैले पनि सदनको गरिमा जोगाउन सक्दैन,’ राईले भने, ‘प्रधानमन्त्रीज्यूलाई तत्काल सदनमा बोलाउन रुलिङ गरियोस् ।’

सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने दिनमै प्रधानमन्त्री अनुपस्थित हुनु गैरजिम्मेवार शैली भएको भन्दै कांग्रेसले आलोचना गरेको छ। प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे पटक–पटक चासो उठ्दा पनि सरकारले स्पष्ट जानकारी नदिएको भन्दै प्रतिपक्षले सरकार पारदर्शी बन्नुपर्ने माग गरेको छ।

संसद् चलिरहेका बेला प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिले सरकार संसद्प्रति जवाफदेही छ कि छैन भन्ने गम्भीर प्रश्न उब्जिएको टिप्पणी समेत हुन थालेको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीको मौनता र अनुपस्थितिलाई “संसद्को अपमान” का रूपमा चित्रित गर्न थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu