ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु


एबीसी न्यूज
४ जेष्ठ २०८३, सोमबार   ७ : ४७   बजे

काठमाडौं, ४ जेठ । गुल्मीको सत्यवती गाउँपालिका–१ ठुलाबगरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु ३६ प ३६२७ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल खसेको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जाको कालिगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी अन्दाजी ३४ वर्षीय लक्ष्मण थापा र सोही स्थानका अन्दाजी ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जोहाङ गुल्मीबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विकको कमाण्डमा ४ जनाको टोली तथा इलाका प्रहरी कार्यालय रिडी गुल्मीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको कमाण्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो ।प्रहरी टोलीले घटनास्थलबाट दुई जनालाई उद्धार गरी रिडी प्राथमिक अस्पताल पठाएका थिए । उपचारको क्रममा चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group