ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा २ वटा सैन्य अड्डा बनाएको थियो


एबीसी न्यूज
४ जेष्ठ २०८३, सोमबार   ७ : ५४   बजे

काठमाडौं, ४ जेठ । इरानसँग युद्ध हुनुभन्दा अघि इजरायलले इराकमा २ वटा सैन्य अड्डा निर्माण गरेको अमेरिकी दैनिक पत्रिका ‘द न्यूयोर्क टाइम्स’ ले रिपोर्ट गरेको छ ।

इराकी अधिकारीहरूले हिजो इराकको पश्चिमी मरुभूमिमा इजरायलद्वारा सञ्चालित २ वटा गोप्य सैन्य अड्डा पहिचान गरेका अमेरिकी पत्रिकालाई उद्धृत गर्दै समाचार संस्था अलजजीराले जनाएको छ ।गएको हप्ता अर्को अमेरिकी पत्रिका ‘द वाल स्ट्रीट जर्नल’ ले युद्ध शुरू हुनुभन्दा केही समयअघि एउटा सैन्य अड्डा स्थापना गरिएको र अमेरिकाको जानकारीमा सञ्चालन गरिएको रिपोर्ट गरेको थियो । अखबारका अनुसार इजरायली सेनाले मार्च महिनाको शुरूमा साइट पत्ता लगाउन नजिक पुगेका इराकी एकाइहरूविरुद्ध सैन्य अड्डाबाट आक्रमण शुरू गरेको थियो ।

इराकी अधिकारीहरूले यस ठाउँमा कुनै पनि सेनाको उपस्थितिका लागि सम्झौता वा सहमति नभएको बताएका छन् । यद्यपि ‘वाल स्ट्रीट जर्नल’ को रिपोर्टले इराकले मार्च महिनाको अन्त्यतिर अमेरिकासँग निजी रूपमा विरोध दर्ता गराएको र यसलाई इराकी सार्वभौमसत्ताको उल्लङ्घन भनेको बताएको छ ।अमेरिकाले इराकमा सक्रिय इरान समर्थित सशस्त्र समूहहरूको प्रभावलाई रोक्न उसलाई बारम्बार आग्रह गरेको छ । गएको मार्च महिनामा बगदाद विमानस्थल नजिकै आफ्नो दूतावास परिसरमा आक्रमण भएपछि अमेरिकी सेनाले पपुलर मोबिलाइजेशन फोर्सेस विरुद्ध आक्रमण गरेको थियो ।यसैबीच इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले यसबारेमा इराकी अधिकारीहरूसँग कुरा गर्ने बताउनुभएको छ । इजरायलले मध्यपूर्व क्षेत्रलाई अस्थिर बनाउन खोजेको उहाँको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu