ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले बैठकमा केपी ओली र पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की


एबीसी न्यूज
८ जेष्ठ २०८३, शुक्रबार   ८ : १९   बजे

काठमाडौं, ८ जेठ । नेकपा एमालेको आठौं सचिवालय अन्तर्गत शुक्रबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङबीच चर्काचर्की परेको छ।

शुक्रबार गुण्डुमा बसेको बैठकमा अध्यक्ष ओलीले पार्टी आन्दोलन र नेतृत्वको संकटापन्न अवस्थामा पुगेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै आक्रोश पोखेका थिए।

‘नेतृत्वको रक्षा नगर्ने, पार्टी आन्दोलनको रक्षा नगर्नेहरूलाई केको जिम्मेवारीरु नेतृत्वको रक्षा गर्न नसकेकामा लिखित क्षमायाचना गरेपछि मात्रै जिम्मेवारी पाइन्छ, यस्तो बेलामा पुनर्गठन, पुनर्गठन भनेर हिँड्नेहरूलाई अनुशासनको कारबाही हुन्छ’ भन्ने प्रकारका भाषा प्रयोग गर्दै ओलीले चेतावनी दिन थालेपछि उपाध्यक्ष गुरूङले प्रतिवाद गरेका थिए।

‘एमाले तपाईंले मात्रै बनाएको पार्टी होरु एमाले तपाईंको प्राइभेट कम्पनी होरु यो पार्टीमा हाम्रो योगदान, भूमिका छैन, अरू साथीहरूको पनि छैनरु कसलाई दिनुभएको धम्की’ भन्दै उपाध्यक्ष गुरूङले प्रतिवाद गरेका दिए।

अध्यक्ष ओली र गुरूङबीच केहीबेर भनाभन नै भएपछि बैठकको माहौल अशान्तजस्तो देखिएको नेताहरूले बताएका छन्।

आजको बैठकमा ओलीलाई पहिलो वरीयताका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले ऊर्जा दिएका थिए। उनले ुडिप इस्टेटुले एमालेको सरकारविरूद्ध षड्यन्त्र गरेको नेपाली सेनालगायत सुरक्षा अंग त्यसको मतियार बनेको आरोप लगाएका थिए।

‘देशी, विदेशी प्रतिक्रियावादीको घेराबन्दीमा हाम्रो नेतृत्व पर्नुभयो। उनीहरूकै भूमिकाका कारण हामी चुनावमा पराजित भयौं। नेपाली सेनाले सफ्ट कु गरेकै अवस्था हो,’ उनले भनेका थिए, ‘हाम्रो नेतृत्वमाथि अझै पनि षड्यन्त्र र घेराबन्दीको सिलसिला जारी छ। हामीले नेतृत्वको रक्षा गर्नुपर्छ।’

बादलले यसो भनेपछि ओली उत्साहित सुनिएका थिए।

‘बादलजीले भनेको कुरा ठीक हो। उहाँको कुरामा म समर्थन गर्छु। उहाँले पार्टी बैठकमा बोलेका कुरा सही छन्। संसदमा बोलेको कुरा पनि ठीक थियो। किन सच्याइयोरु,’ उनले प्रश्न गरेका थिए।

उपाध्यक्ष विष्णु पौडेलले अहिलेको परिस्थितिको समग्र समीक्षा हुनपर्ने पार्टी पुनर्गठन गर्नुपर्ने धारणा राखेका थिए। उनले पहिलो विधान महाधिवेशन, दसौं राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टी लोकतान्त्रिकरणको विषय कार्यकारी कमिटीमा ७० वर्षे उमेरहद र दुई कार्यकाल हटाउनु त्रुटिपूर्ण रहेको भन्दै यो प्रावधानलाई पुनः पार्टी आन्दोलनको अंग बनाउनुपर्ने धारणा राखेका थिए।

उनले आफूले उठाउँदै आएको पार्टी संगठन र नेतृत्व पुनर्गठनको विषयलाई सचिवालय बैठकमा राखेका थिए।

उनले २०७५ सालमा नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच हतारमा एकता भएको बताएका थिए। हतारमै भएको एकता पनि जोगाउन सकेको भए वामपन्थी तथा कम्युनिस्ट आन्दोलन समृद्ध हुने भन्दै नेतृत्वले त्यो घटनाप्रति आत्मालोचित हुनुपर्नेसमेत बताएका थिए।

पृथ्वी सुब्बा गुरूङले पनि अहिलेको परिस्थितिको मूल्यांकन गर्नुपर्ने धारणा राखेका थिए। पार्टी कमजोर अवस्थामा रहेको भन्दै समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए। उपाध्यक्ष गोकर्ण विष्ट, रघुजी पन्तले पनि पार्टीको कार्यशैली, नीति, दृष्टिकोणमा बृहत् समीक्षा गरेर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

आठौं सचिवालय बैठक शनिबार पनि बस्नेछ। शनिबारको बैठकमा महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरूले धारणा राख्नेछन्। उपमहासचिव लेखराज भट्टले बैठकमा अहिलेसम्मकै सघन छलफल भएको बताए।

‘आज उपाध्यक्षहरूले राम्रैसँग विषय राख्नुभयो। सायद पहिलोपटक यसरी छलफल भएको पहिलोपटक होला। लामो आफ्नो खुलेर विचारहरू प्रस्तुत गर्नुृभएको छ। भोलि हाम्रो पालो आउँछ,’ उनले भने।

उनले कार्यविभाजन प्रस्तावमा सुझाव आउनसक्ने र आवश्यक पर्दा संशोधन हुन सक्ने धारणा राखे।

सचिवालय बैठक भोलि बिहान ११ः३० बजे ओलीनिवास गुण्डुमै बस्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेसमा बढ्यो विभाजनको संकेत, कोइराला परिवार रुख चिन्हबाटै बाहिरिने अवस्था?

सरकार र हिन्दु प्रतिनिधिबिच १९ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu