ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको भविष्य दाउमा: १५ पदाधिकारीको दबाबमा केपी ओलीको राजनीतिक ‘कन्फ्युजन’


एबीसी न्यूज
९ जेष्ठ २०८३, शनिबार   १२ : १२   बजे

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि पछिल्लो समय पार्टीको आन्तरिक राजनीति ‘बालुवाटारको सत्ता’ भन्दा पनि ‘गुण्डुको निवास’ मा बढी सकसपूर्ण बनेको छ। शुक्रबारदेखि ओली निवास गुण्डुमा जारी सचिवालय बैठकले पार्टीको शक्ति सन्तुलनमा आएको नाटकीय परिवर्तनलाई छर्लङ्ग पारिदिएको छ। कुनै समय पार्टीभित्र ‘एकछत्र राज’ गरेका ओली आज आफ्नो राजनीतिक जीवनकै सर्वाधिक कमजोर र एक्लिएको अवस्थामा पुगेका छन्।

शक्ति समीकरण: ओलीको वरिपरि सीमित घेरा

१९ सदस्यीय पदाधिकारी रहेको सचिवालयमा अध्यक्ष ओलीको पक्षमा उभिनेहरूको संख्या औँलामा गन्न सकिने अवस्थामा पुग्नुले उनको प्रभाव विस्तारै खुम्चिँदै गएको संकेत गर्छ। स्रोतका अनुसार, ओलीसहित रामबहादुर थापा, महेश बस्नेत र भानुभक्त ढकाल मात्र उनको निरन्तरताको पक्षमा देखिएका छन्। बाँकी १५ जना पदाधिकारी—जसमा विष्णु पौडेलदेखि राजन भट्टराईसम्मका प्रभावशाली अनुहारहरू छन्—ओलीले अब नेतृत्वबाट बिदा लिनुपर्ने अडानमा छन्।

यसले एमालेको संगठनात्मक संरचनाभित्र ओलीको ‘कमान्ड’ समाप्त भइसकेको तथ्यलाई सतहमा ल्याइदिएको छ। ५ मध्ये ४ जना उपाध्यक्षहरूले खुल्लमखुल्ला राजीनामा मागेर ‘मार्ग प्रशस्त’ गर्न दबाब दिनु ओलीको व्यक्तिगत कार्यशैली र निर्णय क्षमतामाथिको ठूलो प्रश्नचिह्न हो।

भण्डारी कार्डको असफलता

आफ्नो कुर्सी जोगाउन ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने जस्तो ‘रणनीतिक चाल’ नचालेका होइनन्। उनले भण्डारीलाई पुन: पार्टी राजनीतिमा सक्रिय गराएर आफूविरुद्धको मोर्चाबन्दी तोड्ने प्रयास गरे। तर, परिणाम उल्टो निस्किएको छ। स्रोतका अनुसार, भण्डारी स्वयंले पनि ओलीले अब मार्ग प्रशस्त गर्नुपर्ने पक्षमा नै मत राखेकी छिन्। आफूले दाउमा राखेका ‘शक्ति’ नै आफ्नै विरुद्ध खडा भएपछि ओलीको राजनीतिक धरातल थप कमजोर बनेको स्पष्ट हुन्छ।

गम्भीर मोडमा एमाले

अध्यक्ष ओलीको पक्षमा केवल ३ जना पदाधिकारी उभिनुले एमालेको आगामी यात्रा कता जाने भन्ने प्रश्न उब्जाएको छ। एकतर्फी निर्णय र स्वेच्छाचारी कार्यशैलीका कारण आलोचित बन्दै आएका ओलीलाई आफ्नै ‘किचेन क्याबिनेट’ का मानिएका नेताहरूले समेत साथ छोड्नुले पार्टीभित्रको असन्तुष्टि कुन तहसम्म पुगेको छ भन्ने देखाउँछ।

के गुण्डु बैठक ओलीको राजीनामाको घोषणापत्र बन्ला? वा, उनले पुनः कुनै नयाँ ‘जुक्ति’ लगाएर सत्ता टिकाउलान्? जे भए पनि, शुक्रबारदेखि सुरु भएको यो बैठकले एमालेको राजनीतिमा ओलीको ‘इन्निङ’ समाप्तिको संकेत गरिसकेको छ। अध्यक्ष ओली अब पार्टी बचाउने कि आफ्नो साख, यो दोसाँधमा उभिएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group