ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत भ्रमणमा रवि लामिछाने, राजनीतिक यात्रा कि रणनीतिक संकेत


एबीसी न्यूज
१० जेष्ठ २०८३, आइतबार   १२ : ३८   बजे

काठमाडौं १० जेष्ठ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। भारतको विदेश मन्त्रालयको निमन्त्रणामा उनी आगामी जुन १–२ (जेठ १८–१९) मा दिल्ली जाने तय भएको हो।

भ्रमणका क्रममा उनले भारतीय विदेशमन्त्री एस. जयशंकर लगायत उच्च अधिकारीहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ। साथै, भारतीय विदेश सचिव विक्रम मिश्रीसँग पनि भेटवार्ता हुने बताइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी सँग भेट हुन सक्ने चर्चा भए पनि अहिलेसम्म औपचारिक रूपमा पुष्टि भएको छैन।

यस भ्रमणलाई पार्टीगत कूटनीतिक पहलका रूपमा हेरिएको छ। यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूले पनि भारत भ्रमण गरिसकेका थिए।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह को भारत भ्रमण अनिश्चित भइरहेका बेला लामिछानेको यात्रा हुन लागेको हो। यसलाई नेपाल–भारत सम्बन्धका सन्दर्भमा चासोका साथ हेरिएको छ।

नेपालको कूटनीतिक अभ्यासमा सरकार प्रमुख र परराष्ट्र मन्त्रालयमार्फत हुने औपचारिक भ्रमणलाई सामान्य मानिँदै आए पनि पार्टी प्रमुख तहबाट हुने यस्तो उच्चस्तरीय राजनीतिक भेटवार्ताले राज्य संयन्त्रलाई बाइपास गरिएको हो कि भन्ने चर्चा सुरु भएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भारतसँग औपचारिक सम्बन्ध सुधारमा ठोस प्रगति गर्न नसकेको आलोचना भइरहेका बेला, प्रमुख दलका नेताको यस्तो भ्रमणलाई कतिपयले वैकल्पिक कूटनीतिक सन्देशका रूपमा पनि व्याख्या गर्न थालेका छन्।

भारत–नेपाल सम्बन्धमा लिपुलेक नाका विवाद, कूटनीतिक नोट आदान–प्रदान र उच्चस्तरीय भ्रमण स्थगनजस्ता घटनाबीच हुने यो भ्रमणलाई “सामान्य राजनीतिक यात्रा कि रणनीतिक संकेत?” भन्ने बहस चर्किएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group