ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशन विवादबीच शेखर कोइरालाको एकता पहल, ५ बुँदे योजना


एबीसी न्यूज
११ जेष्ठ २०८३, सोमबार   ११ : ५५   बजे

काठमाडौं ११ जेष्ठ । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिँदै गएको अवस्थामा नेता डा. शेखर कोइराला ले पार्टीमा एकता कायम गर्न ५ बुँदे प्रस्ताव अघि सारेका छन्।

पुस अन्तिम साता भएको विशेष महाधिवेशनपछि कांग्रेसभित्र देखिएको असन्तुष्टि र गुटगत विवादबीच कोइरालाले सभापति तथा पदाधिकारीहरूसँग भएको छलफलमा यी प्रस्ताव प्रस्तुत गरेको उनको सचिवालयले जनाएको छ।

कोइरालासँग सभापति गगन थापा, महामन्त्री प्रदीप पौडेल लगायत नेताहरूले विभिन्न चरणमा भेटवार्ता गरेका थिए। ती भेट र अनौपचारिक छलफलपछि कोइरालाले पार्टी एकता र संगठन सुदृढीकरणलाई केन्द्रमा राख्दै प्रस्ताव अघि सारेका हुन्।

उनले आफूलाई वरिष्ठ नेता पदभन्दा पनि पार्टीभित्र एकता र सहकार्य आवश्यक रहेको स्पष्ट पारेका छन्।

शेखर कोइरालाका ५ प्रस्ताव:

१) १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने
२) १४औँ महाधिवेशनपछि नवीकरण भएका क्रियाशील सदस्यताकै आधारमा १५औँ महाधिवेशन गर्ने
३) १४औँ र विशेष महाधिवेशनपछि बनेका केन्द्रीय कार्यसमितिलाई समायोजन गरी एकीकृत गर्ने
४) कार्यसम्पादन समिति सभापतिको बहुमत रहने गरी गठन गर्ने
५) सबै निर्वाचन, छानबिन, अनुशासन र विधान समितिहरू सहमतिका आधारमा बनाउने

कांग्रेसभित्र नेतृत्व र संगठन संरचनाबारे चलिरहेको बहसका बीच यी प्रस्तावलाई महत्वपूर्ण मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group