ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनको ‘राष्ट्रवादी’ रणनीतिको छायामा रविको दिल्ली दौड !


एबीसी न्यूज
११ जेष्ठ २०८३, सोमबार   ४ : ३८   बजे

‘व्याक च्यानल’ दबाब र बालेनको काउन्टर रणनीति

काठमाडौँ ।नेपाल–भारत सम्बन्धमा कूटनीतिक अनिश्चितता र केही चिसोपन देखिरहेका बेला सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जेठ तेस्रो साता (जेठ १८ र १९ गते) भारत भ्रमणमा जाने निश्चित भएको छ। तर, यो भ्रमणको पृष्ठभूमिमा सिंहदरबार र बालुवाटारभित्र विकसित भएका अनौठा कूटनीतिक दाउपेच र रणनीतिको भित्री पाटो भने निकै रोचक र पेचिलो बन्दै गएको छ।

रास्वपाका उपनेता गणेश पराजुली र एक पदाधिकारीका अनुसार तीन सदस्यीय भ्रमण टोली (सभापति लामिछाने, सहमहामन्त्री विपिन आचार्य र सचिवालय सदस्य दीपक बोहरा) नयाँ दिल्ली जान लागेका हुन्। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस. जयशंकरलगायतका उच्च नेतृत्वसँग भेटघाटको तयारी भइरहेको छ।

बाहिर हेर्दा यो भ्रमण दुई देशबीचको कूटनीतिक गाँठो फुकाउने एउटा सामान्य राजनीतिक प्रयासजस्तो देखिए पनि यसको भित्री अन्तर्यमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को ‘सरप्राइज’ रणनीति लुकेको बालुवाटार स्रोतको दाबी छ।

बालेनको एक वर्षे ‘नो–फ्लाई’ नीति र कूटनीतिक धक्का

वि.सं. २०८२ चैतमा करिब दुई–तिहाइको भारी बहुमतसहित प्रधानमन्त्रीको कुर्सी सम्हालेका बालेन्द्र शाहले आफूलाई अघिल्ला परम्परागत प्रधानमन्त्रीहरू भन्दा फरक र खरो देखाउने शैली अपनाएका छन्। यसैक्रममा उनले “आफू पदमा बहाल भएको एक वर्षसम्म कुनै पनि देशको भ्रमण नगर्ने” नीति सार्वजनिक गर्दै त्यसको आन्तरिक प्रचार गराएका छन्।

यति मात्र होइन, प्रधानमन्त्री शाहले आफ्नो यो ‘कडा’ शैली देखाउन नेपाल भ्रमणमा आउन चाहेका अमेरिकी तथा भारतीय उच्च अधिकारीहरूलाई भेट्न समेत अस्वीकार गरिदिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जिओ गोरलाई भेट्न नमानेका बालेनले गत वैशाख २८ गते नेपाल आउने तय भएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँगको द्विपक्षीय भेटवार्तालाई समेत ठाडै अस्वीकार गरिदिए। प्रधानमन्त्रीले भेट्न नमानेकै कारण विदेश सचिव मिश्रीको नेपाल भ्रमण अन्तिम समयमा रद्द हुन पुगेको परराष्ट्र स्रोतहरू बताउँछन्।

‘व्याक च्यानल’ दबाब र बालेनको काउन्टर रणनीति

प्रधानमन्त्री बालेनले देखाएको यो कडा कूटनीतिक अडान र विदेश सचिवको रद्द भ्रमणपछि भारतीय पक्षले फरक च्यानल (व्याक च्यानल) बाट बालुवाटारमाथि दबाब बढाएको स्रोतहरूको भनाइ छ। लगातारको कूटनीतिक दबाबपछि प्रधानमन्त्री शाह आगामी सेप्टेम्बरसम्ममा भारत जान तयार भएको बुझिएको छ।

तर, दिल्लीको भूमि टेक्नुअघि तेस्रो कुनै मुलुकको भ्रमण गरेर मात्र भारत जाने बालेनको भित्री योजना छ। यसका लागि उनले आफ्ना सबैभन्दा पुराना र विश्वासपात्र यार, कलेज जीवनदेखिका सहयात्री एवं हालका मन्त्री सुनिल लम्साललाई जापान भ्रमणको चाँजोपाँजो मिलाउने विशेष जिम्मेवारी सुम्पिएका छन्। यही रणनीतिक तयारीका सिलसिलामा हालसम्म मन्त्री लम्साल र नेपालका लागि जापानी राजदूतबीच दुई पटकभन्दा बढी गोप्य भेटवार्ता भइसकेको छ।

‘बालेन राष्ट्रवादी, रवि भारतीय पक्षधर’: कूटनीतिको भित्री खेल

यो कूटनीतिक खिचातानीका बीच राजनीतिक वृत्तमा एउटा गम्भीर प्रश्न उठेको छ– “पहिले रविलाई पनि कतै नजानू भन्ने प्रधानमन्त्री बालेनले एक्कासि उनलाई भारत जान किन ग्रिन सिग्नल दिए त ?”

यसको पछाडि बालुवाटार निकटका रणनीतिक योजनाकार र सल्लाहकारहरूको गहिरो राजनीतिक दाउपेच लुकेको छ। भारतसँगको सम्बन्धमा उत्पन्न अनिश्चितता र असमञ्जसको यो घडीमा रवि लामिछानेलाई दिल्ली पठाउँदा राजनीतिक रूपमा बालेनलाई नै फाइदा पुग्ने निस्कर्षमा उनीहरू पुगेका छन्।

“रविजीलाई यो संवेदनशील समयमा भारत भ्रमणमा पठाइदिएपछि मिडिया र आम जनतामा ‘बालेन राष्ट्रवादी र रवि चाहिँ भारतीय संस्थापन पक्षधर’ हुन् भन्ने भाष्य (प्रचार) निर्माण गर्न सजिलो हुन्छ। यसले आगामी दिनमा बालेनको क्रेज थप चुलिने र रास्वपाभित्र रविको कदलाई सन्तुलनमा राख्न मद्दत पुग्ने निस्कर्ष बालुवाटारको छ,” भारत मामिलाका जानकार एवं रविको भ्रमण तयारीमा संलग्न एक नेताले नाम नबताउने सर्तमा एबीसीलाई बताए।

यही राजनीतिक लाभ–हानिको जोडघटाउ पछि नै प्रधानमन्त्री बालेनले लामिछानेलाई दिल्ली भ्रमणका लागि हरियो झण्डा देखाएको दाबी गरिएको छ।

सम्मेलन स्थगन र बदलिएको परिदृश्य

यसअघि नयाँ दिल्लीमा जेठ १९ र २० गते हुने भनिएको वन्यजन्तु संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (‘बिग क्याट अलायन्स’) मा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनाल जाने तय भएको थियो। सोही क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकर र वाणिज्यमन्त्री पियूष गोयलसँग साइडलाइन वार्ता गरी प्रधानमन्त्री बालेनको भारत भ्रमणको वातावरण बनाउने परराष्ट्रको तयारी थियो।

तर, विश्वव्यापी इबोला संक्रमणको त्रासका कारण भारतले उक्त सम्मेलन नै स्थगित गरिदिएपछि नेपाल–भारत कूटनीतिक पहलका सबै सरकारी बाटा बन्द भएका थिए।

यस्तो अप्ठ्यारो र अनिश्चितताका बीच सत्ता साझेदार दलका सभापति लामिछाने भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा नयाँ दिल्ली प्रस्थान गर्नुलाई निकै अर्थपूर्ण मानिएको छ। फागुन २१ को निर्वाचनमा रास्वपाले अभूतपूर्व सिट जितेपछि भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर बधाई दिएका कारण पनि रविको यो भ्रमणलाई दिल्लीले महत्त्व दिएको देखिन्छ। तर, देशभित्र भने यो भ्रमण दुई देशबीचको कूटनीतिक संवादको माध्यम बन्छ कि बालुवाटारको ‘राष्ट्रवादी’ कार्डको सिकार बन्छ, त्यो भने हेर्न बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group