ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति पौडेलको आग्रह : सगरमाथाको प्राकृतिक स्वरूप जोगाऔं, जलवायु संकट सामना गरौं


एबीसी न्यूज
१३ जेष्ठ २०८३, बुधबार   ९ : १२   बजे

काठमाडौं १३ जेष्ठ । काठमाडौं, १४ जेठ — राष्ट्रपति रामचन्द्र पौडेलले विश्वको सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक स्वरूपलाई जीवन्त राख्न र हिमाली वातावरण संरक्षण गर्न सरोकारवालाहरूमा आग्रह गर्नुभएको छ ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवस (मे २९) को पूर्वसन्ध्यामा विश्वभरका पर्वतारोहीहरूको उपस्थितिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सगरमाथा नेपालको मात्र भौगोलिक पहिचान नभई राष्ट्रको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा भएको बताउनुभयो ।

“सगरमाथा नेपालको भौगोलिक पहिचान मात्र होइन, यो सिंगो देशको प्रतिष्ठा, गौरव र विश्वकै अमूल्य प्राकृतिक सम्पदा हो,” राष्ट्रपति पौडेलले भन्नुभयो, “यसको संरक्षण र सन्तुलित उपयोगबाट पर्यटन क्षेत्रमार्फत मुलुकको अर्थतन्त्रमा दिगो टेवा पुग्छ ।”

राष्ट्रपतिले जलवायु परिवर्तन र हिमाली क्षेत्रमा बढ्दो फोहोरलाई प्रमुख चुनौतीका रूपमा औंल्याउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका असर र पर्वतारोहण क्षेत्रमा फोहोर थुप्रिने समस्या ठूलो चुनौती बनेका छन् । यी समस्याको समाधान गर्दै सगरमाथा क्षेत्रको जैविक विविधता संरक्षण गर्नुपर्छ र पर्वतारोहणलाई सुरक्षित, दिगो तथा प्रविधिमैत्री बनाउन थप प्रयास र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ ।”

दिगो हिमाली पर्यटन र जिम्मेवार पर्वतारोहण आजको आवश्यकता रहेको बताउँदै राष्ट्रपतिले सम्मेलनले पर्वतारोहणबाट प्राप्त ज्ञानलाई सगरमाथाको संरक्षणमा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सन् १९५३ मा तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेको ऐतिहासिक दिनको सम्झना गर्दै राष्ट्रपति पौडेलले कीर्तिमानी आरोही तथा शेर्पा समुदायप्रति सम्मान व्यक्त गर्नुभयो ।

कार्यक्रममा हिमाली क्षेत्रको बहुआयामिक पक्ष, जलवायु परिवर्तन तथा सगरमाथा संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्य बढाउने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

सम्बन्धित

कागजमा मात्र १०३ खर्बको अर्थतन्त्र लेखेर समृद्धि आउँदैनः सांसद राणा

राष्ट्रिय गौरवका आयोजनाको लागत १३ गुणासम्म वृद्धि हुनु चिन्ताजनकः सांसद आचार्य

नेपाली भाषा र साहित्यको संवर्द्धन नै भानुभक्तप्रतिको सच्चा सम्मानः सभामुख अर्याल

दोलखामा पहिरोमा परी ४ महिने शिशुको मृत्यु, आमा घाइते

देशभर धान रोपाइँको गति सुस्त, हालसम्म ४५ प्रतिशत मात्र सम्पन्न

मनसुन सक्रिय, धेरै ठाउँमा भारी वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu