ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको सीमा विवादबारे इंग्ल्याण्डसँग पनि कुरा भएको छः प्रधानमन्त्री बालेन


एबीसी न्यूज
१७ जेष्ठ २०८३, आइतबार   २ : ४६   बजे

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री बालेन शाहले नेपालको विवादित भूभागबारे भारत र चीनका साथै इंग्ल्याण्डसँग पनि कुरा गरेको बताएका छन् । आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले सो जानकारी गराएका हुन् ।

‘भारत र चीनमात्रै नभइ इंग्ल्यान्ड सरकारसँग पनि कुरा गरेका छौं,’ प्रधानमन्त्री शाहले भने, ‘उहाँहरू ब्रिटिश इन्डिया छाड्दैगर्दाको समस्या अहिलेसम्म भइरहेको हुँदा यसमा इंग्ल्यान्डले पनि सरोकार राख्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।’एमाले सांसद पद्मा अर्यालले नेपालको भूमि प्रयोग भारत र चीनले व्यापारिक मार्ग खोलेको विषयमा सरकारको धारणा मागेकी थिइन् । सोहीक्रममा प्रधानमन्त्री बालनले यसबारे नेपाल सरकारले भारतलाई डिप्लोमेटिक नोट पठाएको र भारतबाट त्यसको जवाफ पनि आइसकेको जानकारी दिए । ‘त्यो जवाफमा दुवै सरकारले आफ्नो इतिहासविद् राखेर भूमिसम्बन्धी जानकारी भएका व्यक्तिहरू राखेर टेबल टकमार्फत समाधान गर्ने कुरा भएको छ,’ उनले भने ।

‘नेपालले पनि भारतको जग्गा मिचेको थाहा पाएँ’

भारतले मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको जानकारी आफूले पाएको उनले बताए । ‘तपाईंहरुलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि प्रधानमन्त्री भएपछि नै थाहा पाएँ,’ प्रधानमन्त्री शाहले भने, ‘भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ । यो कुरा चाहिँ अँस्ती भर्खर मात्र थाहा पाइयो ।’

यो समस्याको समाधान साथीको रुपमा खोज्ने उनले बताए । उनले भने, ‘दुईटै देशले अध्ययन गरेर, हामीले मिचेको छौं वा हाम्रो मिच्नुभएको छ वा के छ, त्यसलाई बसेर एउटा साथीको रुपमा समाधान गर्ने हामीले सोच राखेका छौं ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group