ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भेपमार्फत सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महरा १ लाख धरौटीमा रिहा हुने


एबीसी न्यूज
१९ जेष्ठ २०८३, मंगलबार   ७ : ३९   बजे

काठमाडौं, १९ जेठ । विशेष अदालतले भेपमार्फत सुन तस्करी प्रकरणमा आरोपित पूर्वसभामुख कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश सुदर्शनदेव भट्ट र विदुर कोइरालाको संयुक्त इजलासले महरालाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। सोही मुद्दामा उनका छोरा राहुल महरासहित २८ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैत २६ गते महराविरुद्ध भेपभित्र सुन लुकाएर तस्करी गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो। आयोगको आरोपपत्रमा महरा बाबुछोरालाई संगठित सुन तस्करी सञ्जालका मुख्य योजनाकारका रूपमा उल्लेख गरिएको छ।

आरोपअनुसार सन् २०२२–२०२३ को अवधिमा चीनबाट भेपको आवरणमा सुन नेपाल भित्र्याई विदेशमा बिक्री गर्ने संगठित गिरोह सञ्चालन गरिएको थियो। उक्त प्रकरणमा भ्रष्टाचार, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनअन्तर्गत कारबाहीको माग गरिएको छ।

यसअघि पनि सोही प्रकरणमा काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। पछि पाटन उच्च अदालतले उनलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

विशेष अदालतको पछिल्लो आदेशसँगै महरा एक लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन्। अब मुद्दाको अन्तिम टुंगो आगामी अदालती प्रक्रियाबाट लाग्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सरकारले राष्ट्रियसभाका सांसदको सुझाव नै मान्दैन : सुवेदी

हिंसाबाट सत्ता परिवर्तनको मान्यता स्थापित हुन खोज्नु लोकतन्त्रका लागि खतराः राधेश्याम अधिकारी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu