ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घर खानतलासीपछि पीएसँग सोधपुछ, फरार मेयर राजेशमान सिंह पक्राउ


एबीसी न्यूज
१९ जेष्ठ २०८३, मंगलबार   १० : ४५   बजे

काठमाडौं, १९ जेठ । पर्साको वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह मंगलबार बिहान पर्साकै ठोरीस्थित एक रिसोर्टबाट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार बिहान करिब ६ बजेर ७ मिनेट जाँदा विशेष प्रहरी टोलीले उनलाई ठोरी गाउँपालिका–३ स्थित रिसोर्टबाट नियन्त्रणमा लिएको हो । उनी पक्राउ पुर्जी जारी भएपछि फरार रहेका थिए ।

प्रहरीका अनुसार मेयर सिंहविरुद्ध लिखतसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी राजु कार्कीका अनुसार उनीमाथि नागरिकतासम्बन्धी लिखतसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको हो ।

यसअघि १२ जेठमा पर्सा जिल्ला अदालतले सिंहविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी सम्पर्कविहीन भएका थिए ।

पक्राउअघि प्रहरीले उनको घरमा खानतलासी गर्नुका साथै पीएसँग समेत सोधपुछ गरेको थियो । त्यसपछि मात्र प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ प्रक्रियाका क्रममा लामो समयको खोजीपछि मात्र उनलाई नियन्त्रणमा लिन सकिएको हो । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group