ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने तयारी


एबीसी न्यूज
२४ जेष्ठ २०८३, आइतबार   १० : २६   बजे

काठमाडौं, २४ जेठ । पाल्पाको राम्दीस्थित सिद्धार्थ राजमार्गमा नेपालकै पहिलो पटक बन्न लागेको ‘कन्क्रिट फिल्ड स्टिल ट्युब (सीएफएसटीस्) आर्च’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । निर्माणाधिण पुल असारभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिनुभयो । उहाँकाअनुसार ९० प्रतिशत पुल निर्माणको काम सकिएको छ । पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको र डेक कन्क्रिटिङ तथा केही सहायक संरचनाको काम बाँकी रहेको उहाँले जानकारी दिनुभयो । आर्थिक वर्षको अन्त्यसम्म पुल सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उहाँको भनाई छ । महानिर्देशक डा. जैसीकाअनुसार राम्दी क्षेत्र सिद्धार्थ राजमार्गको रणनीतिक महत्वको बिन्दु हो । उक्त पुल जलविद्युत आयोजनाका भारी उपकरण ढुवानी तथा राष्ट्रिय सडक सञ्जालका लागि समेत महत्वपूर्ण रहेको छ । पुरानो पुलमा कम्पन (भाइब्रेसन) सम्बन्धी समस्या देखिएपछि नियमित मर्मत गरिएपनि दीर्घकालीन समाधानका लागि नयाँ पुल निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । नयाँ पुल डिजाइन एण्ड बिल्ड ठेक्का प्रणालीमार्फत निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माण व्यवसायीले प्रश्तुत गरेको कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च डिजाइन स्वीकृत गरी काम अघि बढाइएको उहाँको भनाई छ । यो प्रविधि विशेषगरी चीनमा व्यापक रूपमा प्रयोग हुँदै आएको उहाँले जानकारी दिनुभयो । उहाँकाअनुसार पुलले करिब १०० टनसम्मको समग्र भार वहन गर्नसक्ने क्षमता राख्नेछ । नेपालमा यस प्रकारको भर्टिकल ह्याङ्गरयुक्त कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च पुल पहिलोपटक निर्माण भइरहेको उहाँको भनाई छ । यसअघि मुग्लिङ र काठमाडौंको बिजुलीबजारमा विभिन्न प्रकारका आर्च पुल बने पनि सिएफएसटी प्रविधिमा आधारित पुल भने राम्दीमै पहिलो निर्माण हुन लागेको उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘यो राम्दी भन्ने ठाउँ यो सिद्दार्थ राजमार्गको पहिलेदेखि कै असाध्यै महत्वपूर्ण पोइन्ट छ । हाइड्रोपावरका सामानहरु सार्नलाई, हाम्रो रोडको लागि पनि यो महत्वपूर्ण पुल थियो । यो पुरानो पुलमा केही वर्ष यता अलि भाइब्रेसनको समस्या देखियो । भाइब्रेसनको समस्या देखिएपछि हामीले यसलाई मर्मत पनि गरिराखेका छौँ । यसको अलावा नयाँ पुल बनाउनुपर्छ भनेर हामीले नयाँ पुल बनाउन थालेको हो । पुल बनाउनलाई हामीले डिजाइन एण्ड बिल्ट ठेक्का प्रणालीबाट ठेक्का ग¥यौं । त्यसमा निर्माण व्यवसायीले यो अलिकति नौलो प्रकारको, यो सिएफएसटी भन्ने कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च भन्ने डिजाइन ल्याउनुभयो । हामीले त्यसलाई सहर्ष स्वीकार गरी स्वीकृति दिएर अहिले यो निर्माणाधीन छ । यसलाई आर्च पुल भनिन्छ, यो एकदमै स्टेबल, बलियो मानिन्छ । उही स्पानको लम्बाईको लामो पुल बनाउनु भयो भने त्यो बलियो हुँदैन तर त्यसलाई आर्च सेप दिएमा त्यो बलियो हुन्छ । यसको आफ्नो ज्योमेट्रीले नै यसलाई बलियो बनाएको हुन्छ । आर्चमा पनि यो बिशेष खालको छ, चीनमा यसको धेरै प्रयोग भईरहेको छ । यसको मेन डेभलपमेन्ट नै चीनमा भएको हो । यस्ता पुल हाम्रो नेपालमा पनि उपयुक्त हुन्छ । यसको भौतिक प्रगति अहिले करिब ९० प्रतिशतको हाराहारीमा छ । यसको माथिको डेकको काम अलिकति बाँकी रहेको छ । यो डेक कन्क्रिटिङ भएपछि यो आर्थिक वर्षको अन्तिमसम्म हामीले पुललाई चलाउने कोसिस गर्छौंं । लोड थाम्ने क्यापासिटी यसको सबै अरु पुल बराबरै हो । हाम्रो चाहीँ यो इन्डियन रोड स्टान्डर्डअनुसारको पुल हो, एक्सेल लोड १० टन, हाम्रो अर्डिनरी एक्सेल लोडको लागि र ओभरअल लोड १०० टन । त्यो रेन्जको यसको लोडिङ विभिन्न कम्बिनेसनहरु हुन्छ । यो असार भित्र पुल सम्पन्न गरेर सञ्चालन गर्ने तयारी गरेका छौँ । यो भर्टिकल ह्याङ्गर भएको कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च हो, नेपालको लागि यो पहिलो पल्ट यस्तो आर्च बन्दैछ ।’
१२५ मिटर स्पान रहेको पुलमा स्टिल ट्युबभित्र कन्क्रिट भरिने प्रविधि अपनाइएको छ । कन्क्रिट जमिसकेपछि स्टिल र कन्क्रिट एकीकृत भई बलियो संरचना तयार हुने तथा पुलको सम्पूर्ण भार दुवै किनारका एबटमेन्टमा स्थानान्तरण हुने डिजाइन रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मेहताका परिवारसँगको छलफल ‘सकारात्मक’, भोलि फेरि बस्ने

‘वातावरण निरीक्षक’को योग्यतामा विवाद, विज्ञले भने– वातावरण विज्ञानको मर्म कमजोर पार्ने प्रस्ताव

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu