ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ संसद: पहिलो पटक सूचना टाँसेर प्रतिनिधि सभा बैठक स्थगित


एबीसी न्यूज
२५ जेष्ठ २०८३, सोमबार   ७ : ४७   बजे

काठमाडौं, : प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ। २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनपश्चात् गठित नयाँ संसदको इतिहासमा पहिलो पटक यसरी सूचना टाँसेर बैठक स्थगित भएको हो।

सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालनका लागि पटक-पटक प्रयास गरे पनि विपक्षी दलहरूको निरन्तरको अवरोधका कारण बैठक अगाडि बढ्न सकेन। सुरुमा विपक्षीहरूको विरोधपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए। तर, तोकिएको समयभित्र पनि सहमति जुट्न नसकेपछि अर्को सूचना नभएसम्मका लागि भन्दै मंगलबारसम्म बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ।

के हो विवादको चुरो?

संसद बैठक अवरुद्ध हुनुको मुख्य कारण प्रधानमन्त्री बालेन शाहको विवादास्पद अभिव्यक्ति बनेको छ। प्रधानमन्त्री शाहले सार्वजनिक कार्यक्रममा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने आशयको अभिव्यक्ति दिएका थिए। विपक्षी दलहरूले प्रधानमन्त्रीको सो भनाइप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति कि त फिर्ता लिनुपर्ने र संसदको रेकर्डबाट हटाउनुपर्ने, नत्र प्रमाण पेस गर्नुपर्ने अडान राख्दै आएका छन्।

यता, सत्तापक्षको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने उक्त विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक स्पष्टीकरण दिइसकेको जनाएको छ। रास्वपाका तर्फबाट परराष्ट्र मन्त्रीले थप प्रष्ट पार्न सकिने बताउँदै आए पनि विपक्षी दलहरूले आफ्नो अडान नछाड्दा सदनको कामकारबाही प्रभावित भएको छ।

पछिल्लो समय सत्तापक्ष र विपक्षीबीचको बढ्दो दूरीका कारण सदनको कारबाहीमा देखिएको यो गतिरोधले नयाँ संसदको सुरुवाती दिनहरूमा नै चुनौती थपेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

गोलाप्रथाबाट न्यायाधीशलाई मुद्दा तोक्ने व्यवस्था संविधानबमोजिम छैन, यसले न्यायाधीशको विज्ञताको दुरुपयोग गरिरहेको छः पूर्वप्रधानन्यायाधीश पराजुली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group