ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारी वर्षासँगै बाढीपहिरोको जोखिम, सतर्क हुन आग्रह


एबीसी न्यूज
१५ असार २०८३, सोमबार   ६ : ५२   बजे

काठमाडौं, १५ असार । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असार १६ र १७ गते देशका विभिन्न क्षेत्रमा मनसुनी गतिविधि तीव्र हुने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित धेरै भारी वर्षा हुने बताएको छ। देशका अधिकांश पहाडी तथा तराई क्षेत्र र केही हिमाली क्षेत्रमा मध्यम वर्षाको पनि पूर्वानुमान गरिएको छ।

प्राधिकरणकी प्रवक्ता शान्ति महतले आइतबार जारी गरेको सूचनानुसार लगातारको वर्षासँगै अकस्मात् बाढी, पहिरो, नदी कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
खोला तथा खहरे आसपास यात्रा गर्ने, पहिरोको जोखिम भएका बस्तीमा बस्ने तथा नदी किनारका बासिन्दालाई आवश्यक परे सुरक्षित स्थानमा जान र सुरक्षित स्थानको जानकारी राख्न अनुरोध गरिएको छ।

यस्तै तीनवटै सुरक्षानिकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित निकायलाई उद्धार तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ।

प्राधिकरणले नागरिकलाई वर्षा र बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायता ११४९, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ हटलाइन नम्बर आवश्यक पर्दा प्रयोग गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक आज बस्दै

भारी वर्षासँगै बाढीपहिरोको जोखिम, सतर्क हुन आग्रह

सम्बन्धित

विश्वकप फुटबलमा सह–आयोजक क्यानाडा पहिलो पटक प्रिक्वार्टरफाइनलमा प्रवेश

नेकपाको केन्द्रीय समितिको भर्चुअल बैठक आज बस्दै

टि २० मा विश्वविजेता भारतविरूद्ध आयरल्याण्डको ऐतिहासिक क्लिनस्वीप

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

आज राष्ट्रिय धान दिवस

२० वर्षको युद्ध, ५ वर्षको मौनता: अफगानिस्तानको हिसाब-किताब

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu