ABC NEWS NEPAL | No.1 News channel of Nepal
१६ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजी आन्दोलन : सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नगर्न अध्ययन समितिको संकेत


एबीसी न्यूज
१६ असार २०८३, मंगलबार   ८ : ०३   बजे

काठमाडौं, १५ असार । जेनजी आन्दोलनका क्रममा बल प्रयोग गर्ने तथा गोली चलाउने सुरक्षाकर्मीलाई फौजदारी कसुरमा कारबाही नगर्ने दिशामा सरकार अघि बढ्ने संकेत देखिएको छ। सरकारले गठन गरेको अध्ययन समितिले अन्तर्राष्ट्रिय अभ्यासको अध्ययनपछि कर्तव्य पालनका क्रममा भएको बल प्रयोगलाई फौजदारी अपराधका रूपमा नहेर्नुपर्ने निष्कर्षतर्फ प्रतिवेदन तयार गरिरहेको स्रोतले जनाएको छ।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले आन्दोलनका क्रममा बल प्रयोग गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका केही अधिकारीमाथि फौजदारी तथा विभागीय कारबाही सिफारिस गरेको थियो। तर सरकारले उक्त सिफारिस कार्यान्वयनअघि अध्ययन आवश्यक रहेको भन्दै पूर्वसचिव प्रेमराज कार्कीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो।

समितिले श्रीलंका, इन्डोनेसिया, केन्या, फ्रान्स, चिली, हङकङ र ट्युनिसियालगायत देशमा आन्दोलनका क्रममा सुरक्षाकर्मीले गरेको बल प्रयोग र त्यसपछिको कानुनी अभ्यासको अध्ययन गरेको जनाएको छ। समितिका अनुसार विशेषगरी श्रीलंका, इन्डोनेसिया र केन्यामा सुरक्षाकर्मीलाई बल प्रयोगकै आधारमा फौजदारी अभियोजन नगरिएको अभ्यासलाई प्रतिवेदनमा समेट्ने तयारी भइरहेको छ।

समितिले जाँचबुझ आयोगको प्रतिवेदनमा भएका सिफारिसको आधार, सन्तुलन र कार्यान्वयन पक्षको समीक्षा गर्दै केही सिफारिस संशोधन तथा केहीलाई विभागीय कारबाहीमा सीमित गर्न सुझाव दिने तयारी गरेको बताइएको छ। समितिको निष्कर्षअनुसार एउटै प्रकृतिको जिम्मेवारीमा रहेका सुरक्षाकर्मीबीच कारबाही सिफारिसमा असमानता देखिएकाले त्यसलाई पनि पुनरावलोकन गरिनेछ।

जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, सशस्त्र प्रहरीका तत्कालीन महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा तथा काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसहित विभिन्न सुरक्षा निकायका अधिकारीमाथि कारबाही सिफारिस गरेको थियो।

त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा नेपाली सेनाका विभिन्न उच्च अधिकारीमाथि विभागीय कारबाहीको सिफारिस पनि गरिएको थियो। अध्ययन समितिले भने उक्त सूचीमा समेत पुनरावलोकन गरी केही नाम हटाउने तथा कारबाहीको प्रकृति नरम बनाउने सुझाव दिन सक्ने स्रोतको भनाइ छ।

समितिका सदस्यहरूका अनुसार सुरक्षाकर्मीले बल प्रयोग गरेको परिस्थितिको वस्तुगत मूल्यांकन नगरी केवल गोली चलेको आधारमा फौजदारी अभियोग लगाउनु उपयुक्त नहुने निष्कर्षतर्फ अध्ययन केन्द्रित भएको छ। उनीहरूका अनुसार कानुन कार्यान्वयन गर्ने निकायलाई आवश्यक परिस्थितिमा बल प्रयोग गर्ने अधिकार दिइएको सन्दर्भलाई पनि ध्यानमा राख्नुपर्ने धारणा प्रतिवेदनमा समेटिनेछ।

समितिका अध्यक्ष प्रेमराज कार्कीले प्रतिवेदन लेखनको काम अन्तिम चरणमा पुगेको जानकारी दिँदै सरकारले थप गरेको म्यादभित्रै प्रतिवेदन बुझाउने तयारी भइरहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आजदेखि बेसीसहर–चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक

आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना: सावधानी अपनाउन आग्रह

सम्बन्धित

कपिलवस्तुमा यात्रुवाहक बस पल्टिँदा २२ जना घाइते

संखुवासभाको सिलिचोङमा पहिरो जाँदा ७ परिवार विस्थापित

आज र भोलि देशका केही ठाउँमा ठुलो पानी पर्ने सम्भावना: सावधानी अपनाउन आग्रह

विश्वकपमा ब्राजिल र पाराग्वेको शानदार यात्रा, जापान र जर्मनी बाहिरिए

पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे सनसनीपूर्ण जितसहित अन्तिम १६ मा

इन्जुरी समयमा मार्टिनेलीको निर्णायक गोल, जापानलाई हराउँदै ब्राजिल अन्तिम १६ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu