ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम


एबीसी न्यूज
१६ असार २०८३, मंगलबार   १२ : ०५   बजे

काठमाडौं १६ असार । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा र पोशाकमा समेत विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ । 
६८ औँ संसद दिवसको अवसरमा मंगलवार सिंहदरबारमा आयोजित कार्यक्रममा बोल्दै उहाँले संसदलाई जनताको सर्वोच्च संस्थाका रूपमा स्थापित गर्न सांसदहरू स्वयं मर्यादित हुनुपर्नेमा जोड दिनुभएको हो । सांसद गौतमले पछिल्लो समय संसदको गुणस्तर खस्किँदै गएको जनगुनासोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्ने उहाँको तर्क छ । प्रक्रियागत र प्राविधिक विषयहरूलाई कार्यव्यवस्था परामर्श समिति वा अन्य अनौपचारिक छलफलबाट टुङ्ग्याउन सकिने भन्दै उहाँले सदनको समय जनसरोकारका विषयमा मात्र खर्चिनुपर्ने बताउनु भयो । जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुने र सोही कोषबाट संसदको खर्च चल्ने भएकाले सांसदहरूले प्राप्त गरेको एक मिनेटको समय पनि अर्थपूर्ण हुनुपर्ने उहाँले बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘संसदीय अभ्यासलाई उपलब्धिमूलक बनाउनका लागि जनताका मुद्दालाई केन्द्रमा राखेर बहस गर्नुपर्छ । प्रक्रियाका विषयमा कार्यव्यवस्था बैठक हुन्छ, अन्य विभिन्न बैठकहरू पनि हुन्छन् । हाम्रा अनौपचारिक बैठकहरू पनि हुन्छन् । ती बैठकहरूमा धेरै विषय सुल्झाउन सकिन्छ, दलहरूबीच छलफल गरेर टुङ्ग्याउन सकिन्छ । तर जब संसदको बैठकमा बस्छौँ, जनताका मुद्दामै छलफल गरौँ । किनभने जनताले तिरेको करबाट राज्यकोष सञ्चालन हुन्छ, र त्यही कोषबाट हामी पनि सञ्चालन भइरहेका हुन्छौँ । यो एउटा पाटो हो । अर्को कुरा, जनताले हामीलाई संसद्मा आफ्नो आवाज उठाउन पठाउनुभएको हो भन्ने विश्वास गर्नुभएको हुन्छ । त्यसैले हामीले पाएको एक मिनेट समय पनि जनताका मुद्दामाथि बहस गर्नमै केन्द्रित गरौँ। शिक्षालाई कसरी व्यवस्थित गर्ने, स्वास्थ्य सेवालाई कसरी प्रभावकारी र पहुँचयोग्य बनाउने, जनताका तमाम समस्यालाई कसरी समाधानयोग्य बनाउने र यस्ता विषयमा सरकारलाई जवाफदेहिताको कसीमा कसरी उभ्याउने भन्ने विषयमा व्यापक बहस गरौँ । यस्ता बहसहरू संसद्मा गर्नसक्यौँ भने संसद्को औचित्य र संसद्प्रति जनताले हेर्ने दृष्टिकोण दुवैमा सकारात्मक सुधार आउँछ भन्ने मलाई लाग्छ । यद्यपि हाम्रा अभ्यासका सन्दर्भमा–यो मेरो मात्र अनुभव हो कि यहाँहरू सबैको पनि अनुभव हो–आफ्नो मनमनै सोच्नुभएको पनि होला । अनौपचारिक रूपमा गफ गर्ने बेला पनि सुनिन्छ, पहिलाको संसद्को तुलनामा अहिलेको संसदको गुणस्तर धेरै खस्किएको छ । आखिर किन खस्किँदै गएको छ भन्ने प्रश्नमा हामी आफैँले मनन गरौँ । हामीले संसद्मा बोल्ने भाषा, उच्चारण गर्ने शब्द, र संसद्मा आउँदा लगाउने पोशाकदेखि लिएर हरेक कुरामा मर्यादित हुनुपर्छ । यदि हामी संसदको मान राख्छौँ भने, त्यो मर्यादा हामीले आफ्नै व्यवहारबाट कायम गर्नुपर्छ । त्यसो गर्न सक्यौँ भने संसद मर्यादित छ र संसद्को गरिमा उच्च छ भन्ने कुरा स्वतः पुष्टि हुन्छ । त्यसकारण, सम्पूर्ण माननीयज्यूहरूलाई मेरो आग्रह छ–यो जनताको सर्वोच्च थलो हो, जनताका प्रतिनिधि उपस्थित हुने थलो हो । यस संस्थालाई सर्वोच्च संस्थाका रूपमा कायम राख्ने दायित्व हाम्रै व्यवहारले देखाउनुपर्छ । हाम्रो आचरणमा कतै पनि कमजोरी नआओस् । म स्वयं यसका लागि शतप्रतिशत प्रयत्न गर्नेछु । यो मेरो आफैँसँग गरेको प्रतिवद्धता हो ।’
उहाँले संसदप्रति जनताको दृष्टिकोण सकारात्मक बनाउन र यसको औचित्य पुष्टि गर्न सांसदहरूले आफ्ना आचरणमा सुधार ल्याउनुपर्ने बताउनु भयो । सांसद गौतमले संसदको मर्यादा कायम राख्न आफू व्यक्तिगत रूपमा शतप्रतिशत प्रयत्नशील रहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu