ABC NEWS NEPAL | No.1 News channel of Nepal
४ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल


एबीसी न्यूज
१६ असार २०८३, मंगलबार   १२ : १३   बजे

काठमाडौं १६ असार । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गबीच कार्यगत एकता र गतिशीलता आवश्यक रहेको बताउनुभएको छ । 
६८ औं संसद दिवसको अवसरमा मंगलवार सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख अर्यालले जनजीविका, राष्ट्रियता र समृद्ध राष्ट्र निर्माणको दिशामा सरकारलाई निरन्तर खबरदारी गर्न नागरिक समाज र सरोकारवालाहरूलाई आग्रह गर्नुभयो । नेपाल बस्न लायक मुलुक बन्यो, अब स्वदेश फर्किनुपर्छ भन्ने वातावरण सिर्जना गर्न सबै पक्षको सक्रियता आवश्यक रहेको बताउनु भयो । वैदेशिक रोजगारी र अन्य सिलसिलामा विश्वभर छरिएर रहेका नेपालीहरूलाई स्वदेश फर्किने आधार तयार गर्न नागरिकले झक्झक्याइरहनुपर्ने उल्लेख गर्नुभयो । उहाँले विकास र सुशासनको मार्गमा अनावश्यक प्रक्रियागत जटिलतामा अल्झिनु नहुने र भ्रष्टाचारमुक्त समाज निर्माणमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको प्रविधिमैत्री ज्ञानलाई एकीकृत गरेर मात्र मुलुकलाई द्रुतमार्गबाट विकासको दिशामा अगाडि बढाउन सकिने उहाँको तर्क छ । 
उहाँले भन्नुभयो, ‘आगामी दिनमा जनजीविकाको हकमा, राष्ट्रियताको हकमा, राष्ट्र निर्माणको विषयमा, समृद्ध राष्ट्र निर्माण गर्ने विषयमा, सुशासन कायम गर्ने विषयमा तथा भ्रष्टाचारको अन्त्य गर्ने विषयमा यहाँहरूले हामीलाई निरन्तर झकझक्याइरहनुपर्छ । कम्तीमा पनि अब नेपाल साँच्चिकै नेपाल बन्यो, नेपाल बस्नलायक बन्यो, हामी फर्किनुपर्छ भन्ने अनुभूति संसारभर विभिन्न देशमा बसिरहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा जगाउने वातावरण निर्माण गर्न हामी सबै लाग्नुपर्छ । यहाँहरूले हामीले बोलाएका यस्ता कार्यक्रममा मात्र होइन, अन्य समयमा पनि आफ्ना सुझाव, सल्लाह र खबरदारी दिइरहनुपर्छ । त्यसका लागि यहाँहरूलाई अधिकार पनि छ, कर्तव्य पनि छ र जिम्मेवारी पनि छ । हामीलाई खोज्नु, प्रश्न गर्नु र खबरदारी गर्नु पनि यहाँहरूको दायित्व हो । हामी पनि यहाँहरूसँग निरन्तर सम्पर्कमा रहने प्रयास गर्नेछौँ । मलाई लाग्छ, मर्यादाका विषयमा यति धेरै बहस हुन्छ कि कहिलेकाहीँ विकासका मुद्दा, सुशासनका प्रश्न र भ्रष्टाचार नियन्त्रणका विषय ओझेलमा पर्ने गरेका छन् । त्यसैले हामीले अग्रजहरूलाई सधैँ सम्मान गर्दै आएको छौँ । मैले सार्वजनिक रूपमा पनि भन्ने गरेको छु–अघिल्लो पुस्ताले हामीलाई यो देशमा लोकतान्त्रिक अभ्यास गर्ने र उच्चस्तरको राजनीति गर्ने अवसर प्रदान गर्नुभएको हो । त्यसकारण उहाँहरूको सम्मान गर्दै उहाँहरूको अनुभवबाट हामीले सिक्नुपर्छ । त्यसैगरी, हामीभन्दा पछिल्लो पुस्ता, जसले हामीलाई पनि सिकाउन थालिसकेको छ, हामीभन्दा अझ अगाडि बढ्ने प्रयास गरिरहेको छ । प्रविधिको विकासले हाम्रा छोराछोरीलाई हामीभन्दा धेरै जान्ने, बुझ्ने र विश्व समाजलाई अझ गहिरो रूपमा बुझ्ने बनाइसकेको छ । त्यसैले अघिल्लो पुस्ताको अनुभव र पछिल्लो पुस्ताको नवीन सोच तथा क्षमतालाई सँगसँगै लिएर अगाडि बढ्न आवश्यक छ । हामीसँग रहेको देश निर्माणको हुटहुटी, देशलाई द्रुत गतिमा समृद्ध बनाउने चाहना तथा जनजीविकाका सवालमा प्रभावकारी ढङ्गले काम गर्ने सङ्कल्पलाई सफल बनाउन कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका–यी तीनै अङ्गको गति र भावना एकआपसमा मिल्नुपर्छ भन्नेकुरा मैले पटक–पटक भन्ने गरेको छु । तर यस क्रममा संविधानलाई अक्षरशः पालना गर्दै, कानूनी राज्यको अवधारणालाई कुनैपनि रूपमा कमजोर हुन नदिई तथा विद्यमान संवैधानिक व्यवस्थाभित्र रहेर अघि बढ्नुपर्छ भन्ने कुरामा कुनै द्विविधा छैन ।’
सभामुख अर्यालले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको ‘स्पिड र स्पिरिट’ (गति र भावना) मिलेमा मात्र जनताको चाहनाअनुसारको परिणाममुखी काम गर्न सकिने उल्लेख गर्नुभयो । उहाँले संविधानको अक्षरशः पालना गर्दै कानूनी राज्यको अवधारणामा कुनै आँच नआउने गरी अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो । मुलुकमा प्रिमियम क्लासको राजनीति गर्ने अवसर अघिल्लो पुस्ताले प्रदान गरेको स्मरण गर्दै उहाँले वर्तमान र भावी पुस्ताको क्षमतालाई कदर गर्दै राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

सम्बन्धित

एक रुपैयाँको सिक्काबाट चुच्चे नक्सा हट्ने हल्ला गलत, मन्त्रिपरिषद्ले डिजाइन संशोधन गर्न फिर्ता पठायो

निकुञ्जभित्र च्याउ टिप्न जाँदा सम्पर्कविहीन भएका १४ महिला फर्किए, कहाँ गएका थिए ?

नयाँ मध्यपूर्वका लागि इरानी दृष्टिकोण

६ घण्टापछि सञ्चालनमा आयो मुग्लिङ– काठमाडौं सडक खण्ड

साउने सोमवार–सौभाग्य, समर्पण र आस्थाको महासंगम

संस्थागत बन्धक : व्यक्तिकेन्द्रित निरंकुशताको खतरा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu