ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्डको दाबी– जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाइएको थियो


एबीसी न्यूज
१७ असार २०८३, बुधबार   ५ : १४   बजे

काठमाडौं,  — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार संग्रहालय सफा गर्न लगाइएको सूचना आफूले पाएको दाबी गरेका छन्। उनले त्यतिबेला देश असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको र अर्को दुर्घटना हुनसक्ने चिन्ताले आफूहरू सतर्क रहेको बताएका छन्।

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भदौ २६ गते राति शीतल निवास मा बसेर देशको अवस्थाबारे गम्भीर छलफल भएको स्मरण गरे। उनले त्यसबेला जनतामाझ देश नयाँ राजनीतिक मोडतर्फ जान लागेको चर्चा चलिरहेको उल्लेख गर्दै नारायणहिटी दरबार सफा भइरहेको जानकारी पछि पुष्टि भएको दाबी गरे।

प्रचण्डका अनुसार, नारायणहिटी सफा गरिनु आफैंमा त्यस समयको राजनीतिक अवस्थाको संकेत थियो। उनले जनता, राजनीतिक नेतृत्व र कार्यकर्ताबीचको सम्बन्ध कमजोर बन्दै गएको तथा देश अत्यन्त संवेदनशील अवस्थाबाट गुज्रिरहेको बताए। आफूहरूलाई व्यक्तिगत भविष्यभन्दा पनि देशलाई सम्भावित दुर्घटनाबाट जोगाउने विषयले बढी चिन्तित बनाएको उनको भनाइ थियो।

यसै क्रममा उनले तत्कालीन राजनीतिक घटनाक्रमबारे पनि धारणा राख्दै आफूहरू संसद् विघटनको पक्षमा नरहेको स्पष्ट पारे। उनका अनुसार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली ले नै अन्तरिम सरकार गठनका लागि सिफारिस गरेको पत्र देखेपछि परिस्थितिको वैधानिक आधार बनेको ठहर गर्दै देशलाई थप राजनीतिक संकटमा जानबाट रोक्न निर्वाचनको विकल्प स्वीकार गरिएको थियो।

प्रचण्डले आफूहरूले कहिल्यै संसद् विघटनको समर्थन नगरेको दोहोर्‍याउँदै नयाँ प्रधानमन्त्रीको अनुमोदन संसद्बाटै हुनुपर्ने अडान अन्तिम समयसम्म कायम राखिएको बताए। उनले देशलाई अस्थिरता र सम्भावित दुर्घटनाबाट जोगाउने उद्देश्यले मात्र त्यसबेलाको राजनीतिक निर्णयमा सहभागी भएको दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न, विभिन्न आयोगको नेतृत्व चयन

प्रचण्डको दाबी– जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाइएको थियो

सम्बन्धित

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न, विभिन्न आयोगको नेतृत्व चयन

पासपोर्टको ‘सस्तो’ राजनीति: राष्ट्रिय सुरक्षामाथिको खेलवाड कि प्रशासनिक असफलता ?

रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

विश्वकप २०२६ : नर्वे, फ्रान्स र मेक्सिकोको शानदार जित, अन्तिम १६ मा बलिया टोलीहरूको दबदबा

मेक्सिको क्वार्टरफाइनलमा, इक्वेडरलाई २–० ले हराउँदै लगातार चौथो क्लिन–सिट

बागलुङमा एक करोड लगानीमा कुकुरका लागि ‘होस्टेल’ सञ्चालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu