ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न, विभिन्न आयोगको नेतृत्व चयन


एबीसी न्यूज
१७ असार २०८३, बुधबार   ५ : १७   बजे

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो केन्द्रीय समिति बैठकले पार्टी संगठनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

बुधबार नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण लगत्तै बसेको बैठकले पहिलो महाधिवेशन सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका सहमहामन्त्री हरि ढकाल ले पार्टीका विभिन्न संवैधानिक आयोगहरूको नेतृत्व चयन गरिएको जानकारी दिए। उनका अनुसार केन्द्रीय समितिले निर्वाचन आयोग, लेखा आयोग तथा अनुशासन आयोगको नेतृत्व टुंगो लगाएको हो।

निर्णयअनुसार निर्वाचन आयोग र लेखा आयोगमा साविककै नेतृत्वलाई निरन्तरता दिइएको छ भने अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश लेखनाथ पौडेल नियुक्त भएका छन्। कास्की निवासी पौडेललाई पार्टीको अनुशासन आयोगको जिम्मेवारी दिने निर्णय बैठकले गरेको हो।

रास्वपाले महाधिवेशनपछि नयाँ नेतृत्वसहित पार्टी संगठनलाई थप सुदृढ बनाउने र आन्तरिक संरचनालाई व्यवस्थित गर्दै आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने लक्ष्यका साथ निर्णयहरू अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको पहिलो केन्द्रीय समिति बैठक सम्पन्न, विभिन्न आयोगको नेतृत्व चयन

प्रचण्डको दाबी– जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाइएको थियो

सम्बन्धित

प्रचण्डको दाबी– जेनजी आन्दोलन सकिनासाथ नारायणहिटी सफा गर्न लगाइएको थियो

पासपोर्टको ‘सस्तो’ राजनीति: राष्ट्रिय सुरक्षामाथिको खेलवाड कि प्रशासनिक असफलता ?

रास्वपाका नवनिर्वाचित केन्द्रीय पदाधिकारी र सदस्यले लिए शपथ

विश्वकप २०२६ : नर्वे, फ्रान्स र मेक्सिकोको शानदार जित, अन्तिम १६ मा बलिया टोलीहरूको दबदबा

मेक्सिको क्वार्टरफाइनलमा, इक्वेडरलाई २–० ले हराउँदै लगातार चौथो क्लिन–सिट

बागलुङमा एक करोड लगानीमा कुकुरका लागि ‘होस्टेल’ सञ्चालन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu