ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा, कुन गन्तव्यमा कति ? (सूचीसहित)


एबीसी न्यूज
१७ असार २०८३, बुधबार   ९ : २५   बजे

काठमाडौं, १७ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेसँगै हवाई भाडा समायोजन गरेको छ ।

प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई पत्राचार गर्दै भाडा समायोजनको जानकारी दिएको हो । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर ४० रुपैयाँ कटौती गरेको छ । घटेको भाडादर आजैदेखि लागू हुने पनि प्राधिकरणले जनाएको छ । नयाँ भाडादर अनुसार हवाई भाडामा फ्यूल सरचार्ज अधिकतम २३ सय ३५ रुपैयाँसम्म घटेको छ ।

नेपालगन्ज–भद्रपुर रुटमा १५ हजार ७२५ रुपैयाँ रहेको फ्यूल सरचार्ज अब १३ हजार ३९० रुपैयाँमा झरेको छ भने काठमाडौं–धनगढी रुटमा ११ हजार ८८५ रुपैयाँ रहेको फ्यूल सरचार्ज १० हजार १२० रुपैयाँमा झरेको छ । काठमाडौं–सुर्खेत रुटमा ९ हजार २९५ रुपैयाँ रहेको इन्धनको भाडा ७ हजार ९१५ रुपैयाँमा झरेको छ ।

माउन्टेन फ्लाइटमा रहेको ९ हजार २३५ फ्यूल सरचार्ज अब ७ हजार ८६० रुपैयाँमा झरेको प्राधिकरणले जनाएको छ । फ्यूल सरचार्जमा अन्य शीर्षकहरु थप गरी कुल भाडा तय गर्ने गरिन्छ ।

उता, इन्धनको मूल्य घटेसंगै यातायात ब्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा समायोजन गर्ने तयारी गरेको छ । यातायात ब्यावासायीहरुले पनि घटेको इन्धनको मूल्य अनुसार भाडा समायोजन गर्न विभागलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पोखरा बसपार्क क्षेत्रका ३२५ परिवार भूमिहीन, २४२ अव्यवस्थित बसोबासी कायम

भैँसेपाटी आगजनीपछि घरबाट सुन लगेका जुत्ता सिलाउने व्यक्ति पक्राउ

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu