ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेन सरकारको ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ: शंकर पोखरेल


एबीसी न्यूज
१८ असार २०८३, बिहिबार   ८ : ४७   बजे

काठमाडौं, १८ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति व्यङ्ग्य गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै उनले प्रधानमन्त्री तथा वालेन्द्र शाह नेतृत्वको सरकारको शैलीलाई ‘गजबको तरिका’ भन्दै आलोचना गरेका हुन्।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिवि सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि महासचिव पोखरेलको यो प्रतिक्रिया आएको हो। विगतमा बालेन शाहसँगै स्थानीय चुनावमा प्रतिस्पर्धा गरेका व्यक्तिलाई नै अध्यादेशमार्फत रिक्त गराइएको राजनीतिक पदमा ल्याइनुले सरकारको दोहोरो चरित्र प्रस्ट पारेको पोखरेलले उल्लेख गरेका छन्।

विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्ने तर आफ्ना मान्छे भर्ती गर्ने भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन्। महासचिव पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने बहानामा विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको वास्तविक अनुहार अहिले उदाङ्गिएको आरोप लगाएका छन्।

काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनिसकेका पूर्वसचिवलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षको कुर्सीमा पुर्‍याएर सरकारले आफ्नो असली रूप देखाएको उनको तर्क छ। राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश ल्याएर पद रिक्त गर्ने र त्यसमा आफ्नै दलको खास मान्छे भर्ती गर्ने कार्यलाई उनले ‘जान्नेलाई छान्ने’ नाराको गजबको रूप भनी टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

सुनकोसीमा बेपत्ता तीन जना र कारको खोजी जारी, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu